Suvadin, Home

श्रृजना कथा
डिस्काेमा लाेकगीत घन्काउन बाध्य पारेकाे गीत

'लोकलय युवापिढीको मनमुटुमा बसाउँन फरक स्वाद दिने प्रयास गरेको थिए, मेरो लक्ष्य सफल रह्यो। गाउँमा मात्र घन्किने लोकगीतलाई ‘वारी जमुना पारी जमुना...’ शहरका गल्ली गल्लीमा घन्कियो, पार्टीमा घन्कियो, डिस्कोमा घन्कियो।’

अघिल्लो बर्ष हामीले नेपाली लोकसंगीतका वरिष्ठ गायक तथा रचनाकार खेम गुरुङलाइ गुमाइसकेका छाै ।  तर, उनको आइकोनिक गीत ‘वारी जमुना पारी जमुना’ ले उनलाई नेपाली संगीतमा कहिल्यै विलिन हुन दिनेछैन् ।

पचासको दशकको मध्यतिर आएको 'वारी जमुना पारी जमुना' ले पुर्वी नेपालको संस्कृतीलाई झल्काउछ।  कोशी सभ्यता अन्तर्गत मारुनी नृत्यको ११ औ रागमा 'गर्रा राग' गाइन्छ । सोही राग अन्तर्गत यो गीत पर्दछ ।

‘यसक्षेत्रमा परम्परा देखि नै यो लय चल्दै आएको हो,’ गायक तथा संकलक गुरुङका बालसाखा तथा गायक कमलीकान्त भेटवाल भन्छन्, ‘खेमदाईले संकलन गरेर आफ्नो आवाजमा सजाएपछि यो गीतको महत्व बढ्नुका साथै जीवन्तता पाएको हो।’  

'वारी जमुना पारी जमुना' आउँनुभन्दा अघि नेपालमा लोकगीत गाउनेलाई पाखे भनिन्थ्यो तर जब खेमले वारी जमुना पारी जमुना गीत ल्याए, त्यसपछि लोकगीतको स्वर्णीम युग सुरु भयो।

विद्यार्थी जीवनदेखि नै कलाकारितामा रमाउने उनको राजनिती प्रति पनि उत्तिकै चासो र चिन्ता थियो । उच्च शिक्षा पढ्न सुरु गरेदेखि राजनितीमा सक्रिय भएर लागे । राजनितिक मुद्दाका कारण उनले जेलजीवन पनि विताउनु पर्याे । २०४९ देखि ०५१ सम्म उनले झण्डै ३६ जेलजीवन बिताए ।

कारागार अवधीमा खेमले आफ्नो कलालाई झनै तिखार्दै लगे । फर्केर अाउँदा उनले संगीतमा राम्राे ज्ञान हासिल गरिसकेका थिए । कारागारबाट निस्केपछि उनी संगीतमा निकै सक्रिय भए ।

उनले त्यसपछि ‘जीवन भाग १’ एल्बम बजारमा ल्याए । उक्त एल्बमले त्यति चर्चा पाएन् । अर्को बर्ष उनले ‘जीवन भाग २’ ल्याए । साेही एल्बमको ‘वारि जमुना पारि जमुना, जमुनाको फेदैमा मनकामना...’ गीतले नै उनलाई चर्चाको शिखरमा पुर्याइदियो । यसै गीतबाट संखुवासभा जिल्लाबाट संगीत क्षेत्रमा राष्ट्रिय ख्याति कमाउने उनी नै पहिलो व्यक्ति बन्न सफल रहे ।

एक अन्तर्वार्तामा उनले भनेका थिए, 'लोकलय युवापिढीको मनमुटुमा बसाउँन फरक स्वाद दिने प्रयास गरेको थिए, मेरो लक्ष्य सफल रह्यो। गाउँमा मात्र घन्किने लोकगीतलाई ‘वारी जमुना पारी जमुना...’ शहरका गल्ली गल्लीमा घन्कियो, पार्टीमा घन्कियो, डिस्कोमा घन्कियो।’

 


 

More form the Internet

loading...