Suvadin, Home

मिसेस व्यूटी क्वीन नेपाललाई लेट मि इनको साथ

सिजन मिडिया प्रालिद्वारा आयोजना हुने विवाहित महिलामा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन’ नेपाललाई लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ। अनुहार तथा विभिन्न छालाको समस्याको कोरियन प्रविधिबाट नेपालमा उपचार गर्नको लागि नयाँबानेश्वरमा मंसिर दोस्रो साता खुल्दैछ। 

काठमाडौं, कात्तिक ३०– सिजन मिडिया प्रालिद्वारा आयोजना हुने विवाहित महिलामा केन्द्रित ‘लेट मि इन मिसेस व्यूटी क्वीन ’ नेपाललाई लेट मि इनले मुख्य प्रायोजन गर्ने भएको छ।

अनुहार तथा विभिन्न छालाको समस्याको कोरियन प्रविधिबाट नेपालमा उपचार गर्नको लागि नयाँबानेश्वरमा मंसिर दोस्रो साता खुल्दैछ। 

राजधानीमा एक कार्यक्रमकाबीच आयोजक सिजन मिडिया तर्फबाट अध्यक्ष प्रदीपराज वन्त  र लेट मि इन कोरियन एथेनीक कम्पनी नेपालका प्रबन्ध निर्देशक मा डोङ् साओबीच कार्यक्रमको मुख्य प्रायोजकको लागि हस्ताक्षर भएको हो। 

उपत्यका लगायत मोफसलका सहरमामा रहेका विवाहित महिलालाई ध्यानमा राखेर सिजन मिडियाले पहिलो पटक यस्तो कार्यक्रम आयोजना गर्न लागेको सिजन मिडियाका प्रबन्ध निर्देशक वन्तले बताए।  

पहिलो चरणको संस्करणका लागि ३० प्रतियोगी समावेश गराइने जनाइएको छ। र, प्रतियोगिताको लागि फारम पनि खुल्ला भइसकेको वन्तले जनाए। 

नेपालभर रहेका विवाहित महिलालाई मध्येनजर गरेर उनीहरुको व्यक्तित्व विकास साथै नेतृत्वदायी क्षमताको विकासमा सहयोग पुग्नुको साथै सहि मार्ग निर्देशनको भुमिका खेल्न सकोस भन्ने अभिप्रायले कार्यक्रम गर्न लागिएको वन्तले बताए। 

पहिलो चरणको छनोटमा मंसिर पहिलो हप्तामा हुनेछ।

प्रक्रियाबाट छनौट भएका प्रतियोगीलाई प्रशिक्षणको क्रममा  शारारिक फिटनेश ,जुम्वा ,एरोविक्स, ¥याफ्टीङ,सेल्फ मेकअप, फोटो सेसन व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिइने छ।

प्रतियोगिताका विजेताले ‘मिसेस व्यूटी क्वीन नेपाल २०१७’ को उपाधिसहित एक लाख ८५ हजार बराबरको टिभिएस स्कुटर, मोबाइल फोन र पाँच दिने मलेसिया भ्रमण प्याकेज साथै विभिन्न उपहारहरु पाउने छन्।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः रु २५ हजार बराबरको विभिन्न उपहार प्राप्त गर्ने छन् पाँच दिने मलेसिया भ्रमण प्याकेज पनि रहेको छ।


 

More form the Internet

loading...