Suvadin, Home
Nepal life 2.6M

गौतम र जोशीले पाए मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म उपाधी

मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्मको अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ युवती र १३ युवक गरी जम्मा २६ जनाले प्रतिस्पर्धा गरेका थिए।

धनगढी१६ मंसिर, – चौथो मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्म नेपालको उपाधी एलिशा गौतम र विवेक जोशीले जितेका छन्।

शनिबार राति धनगढीको ओम प्यालेसमा भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले उपाधी हात पारेका हुन्। उपाधीसंगै विजेता गौतमले स्कुटी र जोशीले मोटरसाइकल पाप्त गरेका छन्।

त्यस्तै प्रतियोगितामा महिला र पुरुष तर्फ फस्ट रनरअप क्रमशः जेनिफर वेद र प्रशान्त खड्का घोषित भए भने सेकेण्ड रनरअपको उपाधी असुति सिंह र सन्तोष ओझाले प्राप्त गरे।

अप इन्टरटेनमेन्ट इन्टरनेसनल प्रालिको आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा निर्णायकको भूमिकामा अभिनेता राजेश हमाल, अभिनेत्री सञ्चिता लुइँटेल, मिस एशिया प्यासिफिक चन्द्रा थापा गिरी, गोपाल सुन्दरलाल कक्षपति रहेका थिए।

मिस एण्ड मिस्टर सुदूरपश्चिमाञ्चल टुरिज्मको अडिशन राउण्डमा तीन सयभन्दा बढीको सहभागिता भएकोमा फाइनलका लागि १३ युवती र १३ युवक गरी जम्मा २६ जनाले प्रतिस्पर्धा गरेका थिए।


 

More form the Internet

loading...