Suvadin, Home

मिस स्पेन पहिलो सम्लिङ्गी मिस यूनिभर्स हुने अाशा

'कसले पर्वग्राहबाट गुज्रिनु परेको छैन र? दुर्व्यवहार सहनु नपरेको को नै होला र?' मिस यूनिभर्सको फाइनल सोमबार थाइल्याण्डको बैंककमा हुदैछ।

काठमाडाैं, २९ मंसिर – सामाजिक सञ्जालमा मिस वर्ल्डको चर्चाले अोझेलमा परेको मिस यूनिभर्स प्रतियोगिताले पनि चर्चा पाउन थालेको छ। मिस यूनिभर्सको ६६ वर्षको इतिहासमा पहिलो पटक सम्लिङ्गी प्रतियोगीले सहभागी जनाउदै विश्वलार्इ नै यसले गहिरो र सकारात्मक सन्देश दिएको छ। मिस स्पेन एन्जेलिना पोन्स यस प्रतियोगिताकी पहिलो सम्लिङ्गी प्रतियोगी हुन्। 

उनले यस प्रतियोगीतामा सहभागीता जनाएर सम्लिङ्गी र ट्रान्सजेन्डरको अधिकारलार्इ र विद्रोहको सन्देश दिएकी छिन्। उनले प्रतियोगीतामा सहभागी हुन् जन्मजातै महिला हुनुपर्ने बन्देजलार्इ चिर्दै पहिलो सम्लिङ्गी प्रतिस्पर्धी बन्ने अाट गरेकी छिन्।

उनले भोटको अपिल गर्दै भनिन्,'कसले पर्वग्राहबाट गुज्रिनु परेको छैन र? दुर्व्यवहार सहनु नपरेको को नै होला र?' मिस यूनिभर्सको फाइनल सोमबार थाइल्याण्डको बैंककमा हुदैछ।


 

More form the Internet

loading...