Suvadin, Home
Nepal life 3.284M

शृङखला खतिवडा ‘मिस वर्ल्ड’ को अन्तिम १२ बाटै बाहिरिइन्

शनिबार बेलुका चीनको सान्या सहरमा भएको फाइनलको पहिलो चरण पार गर्दै शृङ्खला अन्तिम १२ मा पुगेकी थिइन्। 

काठमाडौं, २२ मंसिर – नेपालकी श्रंखला खतिवडाकाे ‘मिस वर्ल्ड’ २०१८ को यात्रा अन्तिम १२ मा टुंगिएको छ। 

शनिबार बेलुका चीनको सान्या सहरमा भएको फाइनलको पहिलो चरण पार गर्दै शृङ्खला अन्तिम १२ मा पुगेकी थिइन्।

चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टर कन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सिमित बनेको हो ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।

 


 

More form the Internet

loading...