Suvadin, Home

सन्तोषले जिते मिस्टर नेपाल–२०१९  को उपाधि

मिस्टर नेपाल–२०१९ को उपाधि सन्तोष उपाध्यायले जितेका छन् । बिहीबार राति होटल अन्नपूर्णमा सम्पन्न ‘मिस्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाध्यायले उपाधि उचालेका हुन् । 

काठमाडौं । मिस्टर नेपाल–२०१९ को उपाधि सन्तोष उपाध्यायले जितेका छन् । बिहीबार राति होटल अन्नपूर्णमा सम्पन्न ‘मिस्टर नेपाल २०१९’को ग्रान्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै उपाध्यायले उपाधि उचालेका हुन् । 

मोस्ट ट्यालेन्ट र मोस्ट फोटो जेनिकको उपाधिसमेत जितेका विजेता उपाध्यायले शीर्ष उपाधिसँगै मोटरबाइक, नगद २५ हजारसमेत प्राप्त गरेका छन् । अछाम ओली गाउँका सन्तोष स्वस्थ्य पेसामा कार्यरत छन् ।

प्रतिस्पर्धामा दिलराज न्यौपाने फस्ट रनरअप र विमल पाण्डे सेकेन्ड रनरअप चुनिदा प्रिन्स अभी थर्ड रनरअप र अभिनास चौधरी फोर्थ रनरअप घोषित भए ।

शीर्ष विजेताले ‘मिस्टर वल्र्ड’लगायत विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउने छन् ।


 

More form the Internet

loading...