Suvadin, Home

उपाधि जितेपछि गुमनाम हुन्छन् सुन्दरी

प्रतियोगिताको उपाधि जितेको चर्चा विस्तारै सेलाउँदै जाँदा उनको काम गर्ने जाँगर सेलाउँदै गएझै लाग्न थालेको छ। उनी भन्छिन्, ‘कुनै संघ–संस्थासँग समन्वय गर्न सकिएन, त्यही भएर पनि कमिटमेन्ट अनुसार काम गर्न सकिएन, फेरि पढाई लाई निरन्तरता दिनुपर्ने भएकाले काम गर्ने फुर्सद छैन।’ २४ वर्षीया काफ्ले पढाइको सिलसिलामा काठमाडौंमै छिन्। आफ्नै काममा व्यस्त हुँदा र अरुको सहयोग नपाउँदा उनको योजना सफल नभएको बताउने उनले प्रतियोगिताको फाइनलमा तत्कालै गर्ने जनाएका कुरा भविश्यका लागि सारेकी छिन्। उनले भनिन्, ‘अझै समय छ, सामाजिक काम गर्छु।’ 
सबिना सुब्बा ।

काठमाडौं, माघ २९- ‘म एउटी ग्रामीण क्षेत्रकी किशोरी हुँ, मैले मिस टिन पूर्वाञ्चलको टाइटल जितेँ भने ग्रामीण भेगका पिछडिएका महिलाहरुको बृद्धि विकासमा पहल गर्नेछु,’ वि.सं. २०६७ असोज १६ गते झापाको बिर्तामोडमा सम्पन्न मिस टिन पूर्वाञ्चलको उपाधि जित्नका लागि इलामकी सविना काफ्लेले दिएको उत्तर हो यो।

यो उत्तरसँगै उनले मिस टिन पूर्वाञ्चलको उपाधि जितिन्। निर्णायकका लागि यो उत्तर २७ प्रतियोगीहरुमध्येकै उत्कृष्ट भयो। तर, उपाधि जितेको यतिका वर्ष बितिसक्दा उनले एउटा पनि सामाजिक काममा हात हालेकी छैनन्।

प्रतियोगिताको उपाधि जितेको चर्चा विस्तारै सेलाउँदै जाँदा उनको काम गर्ने जाँगर सेलाउँदै गएझै लाग्न थालेको छ। उनी भन्छिन्, ‘कुनै संघ–संस्थासँग समन्वय गर्न सकिएन, त्यही भएर पनि कमिटमेन्ट अनुसार काम गर्न सकिएन, फेरि पढाई लाई निरन्तरता दिनुपर्ने भएकाले काम गर्ने फुर्सद छैन।’ 

२४ वर्षीया काफ्ले पढाइको सिलसिलामा काठमाडौंमै छिन्। आफ्नै काममा व्यस्त हुँदा र अरुको सहयोग नपाउँदा उनको योजना सफल नभएको बताउने उनले प्रतियोगिताको फाइनलमा तत्कालै गर्ने जनाएका कुरा भविश्यका लागि सारेकी छिन्। उनले भनिन्, ‘अझै समय छ, सामाजिक काम गर्छु।’ 

उनी मात्र होइन, ८ वर्षअघि मिस पूर्वाञ्चलको ताज पहिरिएकी बिर्तामोडकी सविना सुब्बाको कथा पनि उस्तै छ। सामाजिक काममा अग्रसर हुने र रेडियोमार्फत महिला लक्षित कार्यक्रम सञ्चालन गर्ने उनको प्रतिवद्धतातर्फ उन्मुख हुनै नसकेको उनको स्वीकारोक्ति छ। 

‘स्टडी पनि अघि बढाउनु पर्यो’, उनको जवाफ छ ‘केही गर्ने चाहिँ सोचेकी छु, तर भा’छैन।’ उनले रेडियोमार्फत नै आफ्ना योजना अगाडि बढाउँदै गरेको दावी गरिन्। मिस धिमालको उपाधि जितेकी अनु धिमाल आफ्नै काममा व्यस्त छिन्।

उनी काम र पढाईले नै ‘सोसियल वर्क’ अघि बढ्न नसकेको बताउँछिन्। ‘महिलाको क्षमता र दक्षताको पहिचान गरी प्रयोगमा ल्याउन प्रेरित गर्ने’ जवाफ दिएकी उनलाई पढाई र कामले गाँजेको छ। झापामा सक्रिय सामाजिक संघ–संस्थासँग समन्वय नहुँदा पनि काम गर्ने अवसर नमिलेको उनको तर्क छ। 

प्रतिवद्धता व्यक्त गरेर पूरा नगर्नेको लिस्टमा राजवंशी सुन्दरी पनि परेकी छिन्। मिस राजवंशीको उपाधि जितेपछि चारआलीकी राधिका राजवंशी पढाईका लागि जिल्ला बाहिर छिन्। ‘मेरो कमिटमेन्ट पूरा गर्छु, तर समय लाग्छ,’ उनले भनिन्। 

प्रतियोगिताको उपाधि जितेपछि बालबालिकाका लागि काम गर्ने बताएकी मिस लिटल प्रिन्सेस दुर्गा शाक्य पनि ‘आइडिया’ नहुँदा काम गर्न नसकेको बताउँछिन्। उनले भनिन्, ‘मेरो सोसियल वर्कमा इन्ट्रेस्ट चाहिँ छ।’


 

More form the Internet

loading...