Suvadin, Home
Nepal life 70.8k

सामाजिक बन्धन तोडेर शुरु भएको मोडलिङ यात्रा

सामाजिक र पारिवारिक दायरा तोडेर मोडलिङमा लाग्न उनलाई चुनौति पनि थियो। दुबईको एक प्रतिष्ठित होटलमा सुपरभाइजरको काम गर्दै आएकी सोनुसँग देशमा रहँदा विभिन्न स्टेज कार्यक्रमहरु सञ्चालन गरेको अनुभव छ। भर्खरै मात्र बजारमा आएको उक्त गीतमा उनले सशक्त अभिनय गरेकी छन्। गायिका अञ्जु पन्तको उक्त गीतमा सन्तोष खरेलको संगीत र ताराप्रसाद चापागाईंको शब्द रहेको छ।
सोनु खान।

किशोर श्रेष्ठ, उर्लाबारी, ३० जेठ – हेर्दा अग्ली, गोरी, मिलेको मुहार। अनि मिजासिलो स्वभावकी सोनु खान यतिबेला मोडलिङमा सक्रिय छिन्। २५ वर्षीया सोनुले पहिलोपटक चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘मर्न झनै गाह्रो’ बोलको गीतमा अभिनय गरेर मोडलिङमा पाइला टेकेकी हुन्। 

भर्खरै मात्र बजारमा आएको उक्त गीतमा उनले सशक्त अभिनय गरेकी छन्। गायिका अञ्जु पन्तको उक्त गीतमा सन्तोष खरेलको संगीत र ताराप्रसाद चापागाईंको शब्द रहेको छ।

५ फिट ३ इञ्च उचाई रहेकी सोनुले पहिलो भिडियोमा नै जीवन्त अभिनय गरेर आमदर्शकको मन जित्न सफल भएको छिन्। आउँदा दिनहरुमा अझ सशक्त अभिनय सहित गीतहरुमा देखा पर्ने तयारीमा छिन्, सोनु।

सानैदेखि मोडलिङमा विशेष रुची भएपनि विभिन्न समस्याले गर्दा पुरा हुन नसकेको र अहिले आएर अञ्जु पन्तको गीतबाट मोडलिङ शुरु गर्न पाउँदा एकदमै हर्सित भएको सोनुले बताइन्।

काठमाडौंको ज्ञानेश्वर घर भई हाल रोजगारीको सिलसिलामा युएई बस्दै आएकी सोनु त्यहीबाट नै मोडलिङ यात्रा अघि बढाइरहेकी छिन्। सोनुको जिउडाल, लबाई खवाई र मुसुक्क मुस्कुराउने बानीका कारण उनीसँग बोल्ने जो–कोही उनीबाट प्रभावित नै हुन्छन्।

त्यसैले पनि होला, विदेशमा भएपनि उनका पाइला मोडलिङतर्फ अघि बढे। सामाजिक र पारिवारिक दायरा तोडेर मोडलिङमा लाग्न उनलाई चुनौति पनि थियो। 

दुबईको एक प्रतिष्ठित होटलमा सुपरभाइजरको काम गर्दै आएकी सोनुसँग देशमा रहँदा विभिन्न स्टेज कार्यक्रमहरु सञ्चालन गरेको अनुभव छ। फुर्सदको समयमा नयाँ ठाउँहरुमा घुम्न जानु, नृत्य गर्नु रुचाउने सोनु मोडलिङले जो–कोही मानिसभित्र रहेको क्षमतालाई प्रस्फुटन गर्न मद्दत गर्ने बताउँछिन्।

बहुमुखी प्रतिभा सोनु अहिले गरिरहेको काम र मोडलिङ क्षेत्रलाई सँगसँगै अगाडि बढाउने योजनामा छिन्। ‘पढेको कुरा व्यवहारमा लागू गर्ने र आफ्नो रुचीलाई पनि साथै अगाडि बढाउँछु,’ सोनुले शुभदिनसँग भनिन्, ‘समय व्यवस्थापन गर्न सकेमा मलाई कुनै पनि क्षेत्र छाड्नु पर्दैन।’


 

More form the Internet

loading...