Suvadin, Home

'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९' को काठमाडौं मेगा अडिसन सम्पन्‍न

काठमाडौं, असार २२ । नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्ने उद्देश्यका साथ सुरु भएको 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल २०१९ को काठमाडौं मेगा अडिसन सम्‍पन्‍न भएको छ । 

काठमाडौंको हात्तीसारस्थित गसिप क्याफेमा शनिबार शुभदिन मिडियाद्‍वारा आयोजित प्रतियोगिताको काठमाडौ मेगा अडिसन सम्‍पन्‍न भएको हो । काठमाडौंस्थित अधिकांश होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी अध्यापन गराउने कलेजका करिब दुई सय प्रतिस्पर्धीको सहभागीता रहेको आयोजक समितिकी संयोजक तथा पूर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिइन् । 

काठमाडौं मेगा अडिसमा शिक्षाविद तथा एआटीए एचएम कलेजक प्रिन्सिपल बसन्त जोशी, युवा व्यवसायी तथा मोजो बुटिक होटलका संस्थापक मनिस ढकाल , पर्यटन व्यवसायी तथा पलेँटी होलीडेका संस्थापक किशोर घिमिरे र कार्यक्रम संयोजक तथा मिस नेपाल २००५ सुगारिका केसी निर्णायक थिए । 

यसअघि असार १५ गते इटहरी अडिसन सम्पन्‍न भइसकेको छ । जसमा धरान, इटहरी र विराटनगरका प्रतियोगीले सहभागिता जनाएका थिए । काठमाडौं अडिसनको नतिजा एक सातामा आउने संयोजक केसीले जानकारी दिइन् । 

नतिजा प्रकाशनपछि साउन १ गतेबाट फाइनल अडिसनका लागि प्रशिक्षण सुरु हुनेसमेत आयोजकले जनाएको छ । 

पर्यटन, होटल तथा एयरलाईन्समा आवद्ध जनशक्तिलाई अझै सक्षम बनाई समग्र पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने र भिजिट नेपाल २०२० को लक्ष्यलाई सफल पार्ने यस प्रतियोगिताको उद्देश्य रहेको जनाइएको छ ।


 

More form the Internet

loading...