Suvadin, Home

Cover Image

महोत्सवमा उल्टो झण्डा देखिएपछि सामाजिक सञ्जालमा भाइरल

महोत्सवमा राष्ट्रिय झण्डा उल्टो लगाइएकोप्रति सामाजिक सञ्जालमा व्यापकआलोचना भइरहेको छ।  महोत्सवको शुक्रबार सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले उद्घाटन गरेका थिए। 

धनगढी, २१ पुस – कैलालीको धनगढीमा शुक्रबार देखी सुरु भएको सुन्दर सुदूरपश्चिम महोत्सवमा उल्टो झण्डा झुण्डाईएको छ।

राष्ट्रिय झण्डाको चन्द्र माथी र सुर्य तल हुनुपर्ने भएपनि धनगढीको भन्सार रोडमा लागेको महोत्सवको मञ्चमा सुर्य माथी र चन्द्र तल गरी झण्डा झुण्डाएको छ। 

महोत्सवमा राष्ट्रिय झण्डा उल्टो लगाइएको देखिएपछि सामाजिक सञ्जालमा याे विषय भाइरल बनेकाे छ।  महोत्सवको शुक्रबार सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले उद्घाटन गरेका थिए।

धनगढी उपमहानगरपालिका –२, भन्सार गाउँमा शुक्रबारबाट सुरु भई माघ २ गतेसम्म चल्ने महोत्सवमा तीन सय वटा व्यापारिक स्टलहरु रहेका छन।

देशको झण्डा उल्टो छ की सुल्टो छ भनी थाहा नपाउने आयोजक भन्दै सामाजिक सञ्जालमा निकै आलोचना भएको छ।


 


 

More form the Internet

loading...