Suvadin, Home

आपसी सद्भाव र एकता कायम राख्न घर-घरमा तस्वीर टाँगियाे

पत्रिकाको साहित्यकार अभिलेखीकरण अभियानअन्तर्गत साहित्यकारबीच आपसी सद्भाव र एकताका लागि उक्त काम गरिएको पत्रिकाका प्रकाशक तथा सम्पादक निबन्ध आचार्यले जानकारी दिएका छन्।
सांकेतिक तस्वीर।

काठमाडौं, २७ पुस – राष्ट्रिय एकता दिवसका अवसरमा ‘कपन–बानेश्वर’ साहित्यिक पत्रिकाले कपन र बानेश्वर क्षेत्रका साहित्यकारका निवासमा उनीहरूका तस्वीर टाँग्न शुरु गरेको छ। 

पत्रिकाको साहित्यकार अभिलेखीकरण अभियानअन्तर्गत साहित्यकारबीच आपसी सद्भाव र एकताका लागि उक्त काम गरिएको पत्रिकाका प्रकाशक तथा सम्पादक निबन्ध आचार्यले जानकारी दिएका छन्।

बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराईसमेत संलग्न उक्त अभियानअन्तर्गत बिहीबार साहित्यकार तथा चित्रकार हेम पौडेल, साहित्यकार एवम् पत्रकार पुरुषोत्तम दाहाल, बाल साहित्यकार गङ्गा पौडेल, लेखक विष्णुप्रसाद शर्मा पराजुली, हास्यव्यङ्ग्यकार थरेन्द्र बराललगायतका निवासमा उनीहरुकाे परिचय झल्कने फ्रेमसहितको तस्वीर टाँगिएको छ।

उक्त अभियानमा आज रामचन्द्र दाहाल, शङ्कर भारती, माधव श्रेष्ठ, हेमा अधिकारीलगायत सहभागी रहेकाे थियाे।


 

More form the Internet

loading...