Suvadin, Home

Cover Image

नेपालगञ्जमा नेचर फिल्म फेस्टिबल

आगामी वैशाख दोस्रो साता नेपालगन्जमा नेपाल वाइल्ड लाइफ एण्ड नेचर फिल्म फेस्टिबल हुने भएको छ। अन्तरालको व्यवस्थापनमा हुने उक्त फेस्टिबलमा वन्यजन्तु संरक्षण प्रयास र पर्यावरणसँग सम्बन्धित डकुमेन्ट्री, सर्ट फिल्म तथा चलचित्र प्रदर्शन गरिनेछ।
नेपाल वाइल्ड लाइफ एण्ड नेचर फिल्म फेस्टिबलका लागि तयार पारिएकाे लाेगाे।

नेपालगन्ज, चैत ९– आगामी वैशाख दोस्रो साता नेपालगन्जमा नेपाल वाइल्ड लाइफ एण्ड नेचर फिल्म फेस्टिबल हुने भएको छ। अन्तरालको व्यवस्थापनमा हुने उक्त फेस्टिबलमा वन्यजन्तु संरक्षण प्रयास र पर्यावरणसँग सम्बन्धित डकुमेन्ट्री, सर्ट फिल्म तथा चलचित्र प्रदर्शन गरिनेछ।

उक्त अवसरमा वन्यजन्तु संरक्षणकर्मी, चराविद् र पर्यावरणविद्हरुसँग सहभागीहरूको अन्तरक्रिया गरिनेछ। संयुक्त टोलीले राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको भ्रमण तालिका रहेको छ। अन्तरालले पछिल्लो समय वन्यजन्तु संरक्षण र पर्यावरण क्षेत्रमा काम गर्न थालेको छ।

‘यसैको अर्को कडी हो यो फेस्टिबल,’ अन्तरालका टिमलिडर जयनारायण शाह भन्छन्, ‘मानवजाति, पर्यावरण र वन्यजन्तुवीचको द्वन्द कम गर्ने सन्देश फेस्टिवलले दिनेछ।’

अन्तरालले विश्व वाघ दिवशको अवसरमा नेपाल वाइल्ड लाइफ एण्ड नेचर फोटो प्रदर्शनी गर्दै आएको छ। नेपालगन्ज फोटो फेस्टिबलमा ‘वाइल्ड लाइफ एण्ड नेचर’ विधामा १ जना फोटो पत्रकारलाई पुरस्कृत गरिन्छ। यस फेस्टिबलको प्रतिक चिन्हमा लोपोन्मुख एक सिंगे गैडालाइ राखिएको छ।


 

More form the Internet

loading...