Suvadin, Home

निलडेभिडकाे मेकअप स्टुडियो

सेलिब्रेटी एवम् सर्वसाधारणकाे अहिलेकाे प्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित हेयरस्टाइलिस निलडेभिड कटुवालले  ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन्। नेपालमा पहिलो  पटक सञ्चालनमा अाएकाे ‘मेकअप स्टुडियो’काे  मंगलबार काठमाडाैंकाे सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा अभिनेत्री गौरी मल्लले उद्घाटन गरेकी छन्।

काठमाडाैं, माघ ११


पछिल्लो समय विभिन्न कार्यक्रम, विवाह, भोजलगायत महत्वपूर्ण कार्यक्रममा जाँदा विशेष देखिन शृङ्गार गृहमा तयार भई जाने क्रम बढ्दाे छ। यस्ता कार्यक्रममा जाँदा महिला हुन् वा पुरूष विशेष देखिन चाहन्छन्।

साैन्दर्यप्रेमी सेलिब्रेटी एवम् सर्वसाधारणकाे अहिलेकाे प्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित हेयरस्टाइलिस निलडेभिड कटुवालले  ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन्।  

नेपालमा पहिलो  पटक सञ्चालनमा अाएकाे ‘मेकअप स्टुडियो’काे  मंगलबार काठमाडाैंकाे सुन्धारास्थित सिभिल मलको पहिलो तल्लामा अभिनेत्री गौरी मल्लले उद्घाटन गरेकी छन्।

एनडिके मेकअप स्टुडियो एन्ड ट्रेनिङ एकाडेमीमार्फत अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको महिला पुरूषका लागि ब्राइडल, एक्स्क्ल्युसिभ ब्राइडल प्याकेज, पार्टी मेकअपलगायत सबैखाले सेवा उपलब्ध हुने कटुवालले बताएका छन्।

कटुवालले शुभदिनसँग भने, 'मेकअप स्टुडियोमा मेकअपसम्बन्धी तालिमको पनि व्यवस्था छ।' 

उक्त शृङ्गार गृहमा सेलिब्रेटी मेकअप, सुटिङ र  फोटो सेसन पनि गरिने छ। साथै सेलिब्रेटी तथा सर्वसाधारणले स्टुडियोमा गएर मेकअप गरी सिधैँ पार्टी र सुटिङमा जान सक्ने बताउछन् निल डेभिड।

झापाकाे कनकार्इ नगर निवासी कटुवालले बेलायतस्थित ओस्कार अवार्ड विजेता हलिउड हेयर एन्ड मेकअप आर्टिस्ट क्रिस्टिना बलेन्डासँग मेकअप कोर्स गरेका छन्। 


 

More form the Internet

loading...