Suvadin, Home
Citizen Bank 447.3k

Cover Image

ब्रेकअपको पीडा भुल्ने प्रयास गर्दै नेहा

उनले लेखेकी छिन्–‘महिलाहरुमा अझै निखार आउँछ जब उनीहरुलाई धेरै माया दिइन्छ र राम्रो व्यवहार गरिन्छ।’

एजेन्सी, ६ पुस – बलिउडकी चर्चित गायिका नेहा कक्कडको हिमांश कोहलीसँगको ब्रेकअपको खबरले भारतीय सञ्चारमाध्यममा चर्चा पाइरहेको छ। नेहाले ब्रेकअपको खबर पन्छाउन पोजेटिव भाइब्स् आउने तस्वीर शेयर गरेकी छिन्।

नेहा र हिमांशले एकअर्कालाई सामाजिक सञ्जालमा अन्फलो गरेपछि ब्रेकअपको चर्चा हुन शुरू भएको हो। तर उनीहरूको प्रेम सम्बन्धले भने खासै चर्चा पाएको थिएन। नेहाले भने अब आफू ब्रेकअपबाट बाहिर आएको छनक आफ्ना फ्यानलाई दिएकी छिन्। उनले लेखेकी छिन्–‘महिलाहरुमा अझै निखार आउँछ जब उनीहरुलाई धेरै माया दिइन्छ र राम्रो व्यवहार गरिन्छ।’

नेहाको यो भनाइले पनि अब उनी हिमांशसँगको ब्रेकअपको घटनाबाट मुक्त हुन चाहेको वुझ्न सकिन्छ। नेहाले ‘इन्डियन आइडल’मा ब्रेकअपको बिषयमा कुरा गरेकी थिइन् भने सामाजिक संजालबाट पनि उनी र हिमांशको सबै तस्बिर र भिडियो हटाएकी थिइन्।


 


 

More form the Internet

loading...