Suvadin, Home

दोस्रो नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका लागि अावेदन खुल्याे

वासिङ्गटन डिसीमा आयोजना गरिने यस महोत्सवमा विश्वभरिबाट आवेदन खुला गरिएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष यो महोत्सव आयोजना गर्ने गरेको छ।

काठमाडाैं, मंसिर ९ – नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण-२०१८ मे १८ देखि २० सम्म हुने भएको छ। नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले कार्यक्रमकाे मिति तय गरेकाे हाे।

यसअघि, गत मे महिनामा महाेत्सव सफलतापूर्वक सम्पन्न भएको थियाे। वासिङ्गटन डिसी महानगर क्षेत्रमा आयोजना गरिने यस महोत्सवमा विश्वभरिबाट आवेदन खुला गरिएको छ। अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामूलक संस्था नेपाल–अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष यो महोत्सव आयोजना गर्ने गरेको छ।

महोत्सवसमा नेपालका फिचर चलचित्र, बृत्तचित्र,छोटा चलचित्र, एनिमेशनका साथै सबै विधाका चलचित्रहरु प्रदर्शन गरिने जानकारी आयोजकले दिएका छन्।

महोत्सवमा चलचित्र प्रदर्शन पछि चलचित्र बारे दर्शक र चलचित्र निर्माता र निर्देशक तथा कलाकारसंग बृहत छलफल कार्यक्रम पनि आयोजना गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ। 

अन्तर्राष्ट्रिय चलचित्रकर्मीहरुको समितिले आवेदन परेका मध्येबाट उत्कृष्ट चलचित्रहरु प्रदर्शनका लागि छनोट गरि उत्कृष्ट चलचिहरुलाई पुरस्कृत पनि गरिने छ।

यो महोत्सव अमेरिकामा रहेका नेपाली डायस्पोरा संघसंस्था तथा व्यक्तित्वहरु, नेपाल लगायत विभिन्न देशका चलचित्र सम्बन्धी संघ संस्था र महोत्सवहरुसँगको सहकार्यमा आयोजना गरिने छ।

नेपालका चलचित्रकमीहरुले अनलाइन वा मानव अधिकार चलचित्र केन्द्रको कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था पनि गरिएको छ। गत मे महिनामा आयोजित महोत्सवको उद्घाटनमा चलचित्र ‘सेतो सूर्य ’, र समापनमा चलचित्र ‘कालो पोथी’, प्रदर्शन गरिएको थियो।

उक्त महोत्सवमा कथानक तर्फ राजन कठेतद्वारा निर्देशित ‘शेर्ढाक द गोल्डेन हिल’, डकुमेन्टी तर्फ जर्मनी निर्देशक सुसन ग्लोथको ‘उर्मिला माई मेमोरी इज पावर’, लघु चलचित्र तर्फ निर्देशक विभुषण बस्नेत र पूजा गुरुङको ‘दद्या’, र स्पेशल जुरी मेन्सन अवार्ड तर्फ अमेरिकी निर्देशक एन्डी कक्रमको ‘शेर्पा स्ट्यु’ उत्कृष्ट चलचित्रहरुमा परेका थिए।


 

More form the Internet

loading...