Suvadin, Home

Cover Image

अमेरिका जाँदै नेपाल आइडलका विजेता

काठमाडौं चैत्र,८ - चर्चित गायन रियालिटी शो नेपाल आइडल सिजन-२ का उत्कृष्ट तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्।  नेपाल आइडल विजेता रवि ओड, फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका जाने तयारीमा छन्।

अप्रिल १३ तारिखमा अमेरिकाको न्युयोर्कमा उनीहले सांगीतिक प्रस्तुति दिनेछन्। बाल्टिमोरमा अप्रिल १४, नेब्रास्कामा १९ अप्रिल, बोस्टनमा अप्रिल २१ सँगै उनीहरुले अमेरिकाका मुख्य १३ सहरमा सांगीतिक प्रस्तुति पस्कने छन्। नेपाल आइडल नेपाली सांगीतिक इतिहासमै अत्यन्तैे धेरैले हेरिएको चर्चित रियालीटी शो हो। २०१७ देखि नै एपीवान एचडी टेलिभिजनमा यो कार्यक्रम सुरु गरिएको हो। 

नेपाल आइडलका उत्कृष्ट प्रतियोगी जापान, अष्ट्रेलीया र यूएई पुगेर उत्कृष्ट प्रस्तुति दिइसकेका छन्। अप्रिल र मे महिनाभर उनीहरु अमेरिकामै रहनेछन्।  अमेरिकामा उनीहरुले नेपाली लोकगीत, विभिन्न संस्कृति झल्काउने गीत संगीतसँगै नेपालीपन दर्शाउने गीत प्रस्तुत गर्नेछन्। 
 


 

More form the Internet

loading...