Suvadin, Home

नेपाल आइडल रवि आज साँझ जापान जाँदै

'सिङगिङ् रियालिटी सो, नेपाल आइडल' को विदेश भ्रमणको पुर्वयोजना अनुसार दश दिने जापान टुरका लागि रविसंगै, फर्स्ट रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक जान लागेको नेपाल आइडल आयोजक एपिवान टेलिभिजनले जनाएको छ।
फाइल फाेटाे

काठमाडौं, १६ पुस – नेपाल आइडल सिजन–२ का विजेता रवि ओड आज जापान जाँदैछन।

आज सोमबार साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट जापान प्रस्थान गर्नेछन।

'सिङगिङ् रियालिटी सो, नेपाल आइडल' को विदेश भ्रमणको पुर्वयोजना अनुसार दश दिने जापान टुरका लागि रविसंगै, फर्स्ट रनर अप बिक्रम बराल र सेकेण्ड रनर अप सुमित पाठक जान लागेको नेपाल आइडल आयोजक एपिवान टेलिभिजनले जनाएको छ।

रवि आइतबार साँझ गृह जिल्लाबाट काठमाडौं आएका थिए। नेपाल आइडल जितेर रवि पुस ९ गते धनगढी गएका थिए। 

सुदूरपश्चिम प्रदेश सरकारले उनको सम्मानमा धनगढीमा भव्य कार्यक्रम गरेको थियो। 

सुदूरपश्चिमका विभिन्न स्थानमा रविलाई स्वागत तथा बधाई कार्यक्रम भईरहेकै बेला पुस ११ गते बुधबार बिहान अकस्मात रविकी आमाको करेन्ट लागेर निधन हुँदा उनको परिवारमा ठूलो विपत्ति आइलागेको थियो।


 

More form the Internet

loading...