Suvadin, Home
Citizen Bank 466.2k

Cover Image

नेपाल आइडल रवि भीमदत्त नगरपालिकाद्वारा अभिनन्दित

‘यो जित मेरो मात्रै होइन्, सबै शुभ चिन्तकहरुको हो’, उनले भने,‘तपाइँहरुको सबैको साथ र सहयोग यो जितमा छ, यो जित तपाइँहरुको हो’ उनले भने। 

महेन्द्रनगर, १० पुस – नेपाल आइडल रवि ओडलाई महेन्द्रनगरमा अभिनन्दन गरिएको छ। भीमदत्त नगरपालिकाले स्मारकमा कार्यक्रम गर्दै नेपाल आइडल सिजन २ का विजेता ओडलाई अभिनन्दन गरेको हो।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्दले ओडलाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरे। 
नगर प्रमुख विष्टले रविको विजय सबै नगरवासीको विजय भएको उल्लेख गर्दै नगरवासीका तर्फबाट अभिनन्दन गरिएको बताए।

साथै कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपाल आइडल ओडलाई नगरपालिकाबाट ५१ हजार सहयोग प्रदान गरिने घोषणा गरे। अभिनन्दनपछि नेपाल आइडल ओडले आफ्नो जित सबै शुभ चिन्तकहरुको जित भएको बताए।

‘यो जित मेरो मात्रै होइन्, सबै शुभ चिन्तकहरुको हो’, उनले भने,‘तपाइँहरुको सबैको साथ र सहयोग यो जितमा छ, यो जित तपाइँहरुको हो’ उनले भने। 
उनले नेपाल आइडल बनाउन आफूलाई सहयोग गर्ने सबै शुभ चिन्तकहरुलाई धन्यवाद दिदै आभार व्यक्त गरे।

भीमदत्त नगरपालिका प्रवेशद्वार भाँसी खोला पुलमा भीनपा वडा नं. ४ का अध्यक्ष बोहरा, वडा नं.२ का कार्की र १७ का अध्यक्ष चन्दले स्वागत गरेका थिए। बाजा गाजासहित कार्यक्रम स्थलमा आइडल ओडको भव्य स्वागत गरिएको थियो।

रविलाई उनको गृह नगर कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका लगायतका विभिन्न स्थानमा सम्मान गरिएको छ।


 

More form the Internet

loading...