Suvadin, Home

नेपाल आइडल सिजन—२
रवि ओडले नेपाल आइडलको उपाधि जित्ने सम्भावना कति ?

दर्शक र श्रोताको भोटका आधारमा आइडल चुनिने भएकाले जसले बढी भोट प्राप्त गर्न सक्छ त्यही नै आइडल बन्ने पक्का छ।

-रमेश टमट्टा रजत

काठमाडौं, २० मंसिर – टेलिभिजन कहिल्यै हेर्दै नहेर्नेले पनि आजभोली टेलिभिजनमा नेपाल आइडल हेर्न विहिबार कुरेर बसेका हुन्छन्। टेलिभिजनमा नेपाल आइडल प्रसारण हुने दिन गन्दै बसिरहेका हुन्छन्। 

आइडलको लाइभ कार्यक्रम युट्यूव र फेसबुकमार्फत पनि प्रसारण हुने भएकाले इन्टरनेटमा पनि ठूलो संख्यामा मानिसहरु झुम्मिरहेका देखिन्छन्।

जारी ‘नेपाल आइडल सिजन–२’ को यात्रामा यसहप्तासम्म आइपुग्दा उत्कृष्ट ५ जना प्रतिस्पर्धी मात्रै रहेका छन्। यतिबेला को बन्ला नेपाल आइडल सिजन -२ ? भन्ने प्रश्न सबैको मनमा खेलिरहेको छ।

अहिलेको उत्कृष्ट पाँचमा पर्न सफल सुदूरपश्चिमका एक प्रतिस्पर्धी हुन् रवि ओड। विक्रम वराल, सुमित पाठक, सुस्मिता अधिकारी र अमित वराल पनि उत्कृष्ट पाँचमा पर्न सफल भएका छन्।

यी पाँच प्रतिस्पर्धीमध्ये को आइडल बन्छ अहिले नै त्यती सहजरुपमा भन्न सकिन्न। आइडलको उपाधि कस्ले चुम्ने भन्ने कुरा त्यो त समयले नै बताउनेछ तर सामाजिक सञ्जाल र युट्युबको आंकलन हेर्ने हो भने रवि ओडले यसपाली बाजी मार्न सक्छन् भन्न सकिन्छ। 

किनकी रवि ओडका फ्यानहरु अहिले नेपालमा मात्रै हैन् विदेशमा पनि थुप्रै भएको सामाजिक सञ्जालमा क्रेजि फ्यानहरुले गरेका पोष्टबाट पनि अनुमान लाउन सकिन्छ। 

दर्शक र श्रोताको भोटका आधारमा आइडल चुनिने भएकाले जसले बढी भोट प्राप्त गर्न सक्छ त्यही नै आइडल बन्ने पक्का छ। भोटका आधारमा हेर्ने हो भने , सुदूरपश्चिम र मध्येपश्चिमबाट सम्पूर्ण भोट रवि ओडलाई जाने देखिन्छ। 

अर्को कुरा छिमेकी देश भारतमा सबैभन्दा बढि काम गर्न जाने भनेका सुदुरपश्चिमबासी हुन्। त्यसैले पनि रवि ओडलाई नेपालबाट मात्रै हैन् भारतबाट समेत भोट आउने सम्भावना धेरै भएको आंकलन गर्न सकिन्छ। 

पाँचै प्रतिस्पर्धीको प्रस्तुती उत्कृष्ट छ। उनीहरु दर्शकको मन जित्दै यो स्थानमा पुग्न सफल भएका छन्। रवि ओडले फेवा तालमा साइँली , अब जाउला रेलैमा , दोधारा झोलुङ्गे पुल, बनकी चरी के भन्छे माया लाउँ भन्छे जस्ता गीतमा उत्कृष्ट पस्तुती दिइसकेका छन्। 

सुदूरपश्चिमबाट एक्ला प्रतिस्पर्धी रविले नेपाल आइडल सिजन–२ मा यसअघि सबैभन्दा बढी सम्मानजनक भोट पनि प्राप्त गरिसकेका छन्। सुदूरपश्चिमका शान रविले विहिबार साँझ एपी वन टेलिभिजनबाट प्रसारण हुने नेपाल आइडल कार्यक्रममा पनि उत्कृष्ट पस्तुती दिनेमा उनका फ्यानहरु ढुक्कजस्तै भएका देखिन्छन्। 


 

More form the Internet

loading...