Suvadin, Home
Citizen Bank 392.9k
Bridge Water

जसको आत्मविश्वासले मृत्युलाई परास्त गर्यो
'डाक्टरले १० दिनको ‘डेट’ दिए, तर ११औं दिन थ्याङ्क यु डाक्टर भनेर नेपाल फर्किंएँ'

डाक्टरले १० दिन मात्रै बाँच्ने घोषणा गरेपनि दृढ आत्मविश्वास बोकेर आफ्ना आफन्तहरुलाई उत्साह भरिरहेकी थिइन् उनी। पेटको गम्भीर प्रकृतिको शल्यक्रिया गरेर बेडरेस्टमा रहेकी अनुजा अग्रवालको आत्मविश्वासले नै उनलाई पुनर्जन्म दिएको हो। हौसलाकायम राखे मृत्युलाई पनि परास्त गर्न सकिन्छ भनेझैं संघर्षशील अनुजालाई बेडरेस्टमा रहेका बेला लाग्थ्यो, ‘मैले धेरै काम गर्न बाँकी छ, त्यसैले डाक्टरले दिएको १० दिनसम्ममा म ठिक हुन्छ, ११औं दिन थ्याङ्कु डाक्टर भनेर म नेपाल फर्किंन्छु।’
अनुजा अग्रवाल।

उमेश दाहाल, काठमाडौं, ५ वैशाख – वि.सं. २०७० सालको कुरा हो। भारतको बैङ्लोरस्थित एक अस्पतालको बेडमा एक जना नेपाली बिरामीलाई राखिएको थियो। छेउमा उनका बुवा, आमा र केही शुभचिन्तक थिए। सबै जना स्तब्ध थिए। अनि त्रसित पनि। किनभने डाक्टरले उनको जीवनको साँधसीमा १० दिनका लागि कोरिदिएका थिए। तर, बेडमा रहेकी बिरामी भन्दैथिइन्, ‘ममी चिन्ता नगर्नुस्, मलाई केही हुँदैन, म १० दिनमा ठिक भएर नेपाल फर्कन सक्छु।’

डाक्टरले १० दिन मात्रै बाँच्ने घोषणा गरेपनि दृढ आत्मविश्वास बोकेर आफ्ना आफन्तहरुलाई उत्साह भरिरहेकी थिइन् उनी। पेटको गम्भीर प्रकृतिको शल्यक्रिया गरेर बेडरेस्टमा रहेकी अनुजा अग्रवालको आत्मविश्वासले नै उनलाई पुनर्जन्म दिएको हो। हौसला कायम राखे मृत्युलाई पनि परास्त गर्न सकिन्छ भनेझैं संघर्षशील अनुजालाई बेडरेस्टमा रहेका बेला लाग्थ्यो, ‘मैले धेरै काम गर्न बाँकी छ, त्यसैले डाक्टरले दिएको १० दिनसम्ममा म ठिक हुन्छ, ११औं दिन थ्याङ्क यु डाक्टर भनेर म नेपाल फर्किंन्छु।’ 

नेपाली टेलिभिजन इतिहासको सबैभन्दा लोकप्रिय रियालिटी–शो छमछमीको पहिलो संस्करणको उपाधि विजेता भएपछि अनुजा नेपाली रजतपटमा उदीयमान स्टारमा रुपमा परिचित भइन्। तर, समय उनको अनुकूल रहेनछ। उनी आफ्ना शुभचिन्तकका लागि विशेष कार्यक्रम लिएर आउने तयारीमा जुटिरहेकी थिइन्। त्यही बेला उनको स्वास्थ्य अत्यन्तै जटिल बन्न पुग्यो। र, उनी २ वर्षसम्म नृत्यबाट टाढा रहन बाध्य भइन्। 

डाक्टरले दिएको १० दिनको समयभित्र अनुजाको स्वास्थ्य अवस्थामा चामत्कारिक सुधार आयो। उनी ठिक भइन्। डाक्टर पनि छक्क परेको अनुजा अहिले पनि सम्झिन्छिन्। उनी भन्छिन्, ‘डाक्टरले तिम्रो आत्मविश्वासले नै पुनर्जन्म पायौं, बधाई छ अनुजा भन्दै डिस्चार्ज गर्नु भयो।’ 

अनुजा बिरामी भएर बेडमा सुतेका बेला पनि डान्सका स्टेपहरुसँग खेल्ने गर्थिन्। उनलाई हरेक पल डान्सले उर्जा प्रदान गर्थों। बैङ्लोर जानुअघि भारतको सिलगढीमा उपचार गरिरहेका बेला उनका डान्सका विद्यार्थीहरुले ‘छिट्टै निको भएर फर्किनु है’ भनेका थिए। जुन शब्द अनुजाका लागि अमृतसरह थिए। 

त्यसमाथि दिदीहरु विवाह गरेर गइसकेकाले पारिवारिक जिम्मेवार अनुजामा आएको थियो। दुई बहिनी, आमा, बुवालाई समेट्ने दायित्व उनकै थियो। व्यवसाय थियो। तर, औसत मात्रै। चुनौतिहरु धेरै थिए। त्यसमाथि उनको स्वास्थ्य पनि प्रतिकूल हुनपुग्यो। यही परिवेशबाट अनुजाले उत्साह र हौसला बटुलेर आफूलाई परिमार्जित गर्दै अघि बढिन्। साथै एमबिएको पढाई पनि पूरा गरिन्।

अनुजाले डान्समै स्नातकोत्तर पनि गर्दैछिन्। कठिन परिस्थितिलाई अवसरमा रुपान्तरण गरेर अनुजा सफलताका सिँढी चढिरहेकी छिन्। त्यति मात्रै होइन, अनुजा चाँडै अलग अवधारणासहितको विशेष कार्यक्रम लिएर आफ्ना दर्शक माँझ आउँदैछिन्।

लिटल फ्लावर्स इङ्लिस स्कूलमा पढेकी अनुजाले सिक्किम मनिपाल विश्व विद्यालयबाट स्नातक तह पूरा गरिन्। र, नोएडास्थित एमिटी विश्वविद्यालयबाट एमबिए पूरा गरिन्।

जिल्लाकै उत्कृष्ट विद्यार्थी

अनुजा अग्रवालको जन्म सन् १९९१ को डिसेम्बर २० तारिखका दिन झापाको शनिश्चरेमा भएको हो। दिनेश अग्रवाल र कान्ता अग्रवालकी साहिँली छोरी हुन् उनी।

कक्षा १ देखि कक्षा १२ सम्म बिर्तामोडकै लिटल फ्लावर्स इङ्लिस स्कूलमा पढेकी अनुजाले सिक्किम मनिपाल विश्व विद्यालयबाट स्नातक तह पूरा गरिन्। र, नोएडास्थित एमिटी विश्वविद्यालयबाट एमबिए पूरा गरिन्। अझै पनि उनको अध्ययनको शिलशिला जारी छ।
 
चार वर्षमै नृत्यकी उस्ताद

अनुजा अग्रवाल सानैदेखि नृत्यमा पारङ्गत थिइन्। चार वर्षको उमेरमै पहिलो पटक स्टेजमा प्रस्तुति दिएकी अनुजाले त्यसको ६ महिनापछि एउटा खुला नृत्य प्रतियोगिताको उपाधि नै जितिन्।

औपचारिक रुपमा नृत्य नसिके पनि उनी निरन्तर नृत्यमा लागि रहिन्। त्यसैले अहिले उनी अन्तर्राष्ट्रियस्तरकी कलाकारको रुपमा स्थापित हुने यात्रामा छिन्।
 
आमाले सिकाइन् विद्रोह, बनिन् बुगी वुगी फाइनालिस्ट

नृत्य कलामा बेजोड प्रस्तुति दिने अनुजा पूर्वका हजारौं दर्शककी प्रिय बन्दै थिइन्। तर, उनलाई खुला रुपमा कला क्षेत्रमा प्रवेश गर्न धेरै किसिमका सामाजिक बन्धन पर्खालजस्तै बनेर उभिएका थिए।

अनुजाकी आमा कान्ता अग्रवाल आफ्ना छोरीको प्रगतिका लागि ती सामाजिक पर्खाल तोड्न आफैँ लागिन्। उनले भारतका विभिन्न टेलिभिजन रियालिटी–शोहरुमा अनुजालाई लाने गरिन्। ‘ममीले आफ्नो उपचार गराउनु छ भनेर हामीलाई डान्स रियालिटी–शाोहरुमा लानुहुन्थ्यो,’ अनुजाले शुभदिनसँग भनिन्, ‘त्यसले पनि हामीलाई अघि बढ्न प्रेरित गरिरह्यो।’

त्यही क्रममा अनुजा भारतको चर्चित टेलिभिजन रियालिटी–शो बुगी वुगी जुनियरमा प्रतिस्पर्धा गर्न गइन्। उनको उमेर ११ वर्षको थियो। छनोटमा पनि परिन्। तर, अन्तिम चरणमा पुग्न पाइनन्। ‘मेरो परीक्षा छुट्यो भने परिवारमै समस्या पर्ने देखिएपछि बुगी वुगीको फाइनलमा जान पाइनँ,’ उनले भनिन्। 

पढाई छोडेर डान्स रियालिटी शो ‘छमछमी’का लागि आएकी अनुजा २०६८ उक्त प्रतियोगिताको विजेता भएर मात्रै फर्किइन्। वि.सं. २०६८ सालदेखि २०७० सालसम्ममा उनको नृत्यले ठूलो छलाङ मारिसकेको थियो। मुम्बईमा बलिउडका स्टार कलाकारहरुसँग उनको राम्रो सम्बन्ध र सम्पर्क बन्दै गएको थियो।

छमछमीको विजेता

पढाईमा सानैदेखि मेधावी अनुजा अग्रवाल खेलकुदमा पनि उत्तिकै अब्बल थिइन्। क्रिकेट र फुटबल उनका रोजाईमा पर्थे। प्रायः खेल्नमै व्यस्त रहने अनुजा ८० प्रतिशतभन्दा बढी अंक ल्याएर पास हुन्थिन्। प्लस–टुमा झापाम प्रथम हुँदा उनले ८४ दशमलव ५ प्रतिशत अंक हासिल गरेकी थिइन्।

प्लस–टु सकिएपछि दार्जीलिङको सिलगढीस्थित सेन्ट जेभियर्समा पढाई शुरु गरिन्। तर, २०६७ सालमा नेपाल टेलिभिजनमा डान्स रियालिटी शो ‘छमछमी’ शुरु हुने भयो। ‘ममीले छमछमीका लागि फर्म भरिदिनु भएछ,’ अनुजाले भनिन्, ‘मैले अडिसन दिने बेलामा मात्रै थाहा पाएँ।’

पढाई छोडेर डान्स रियालिटी शो ‘छमछमी’का लागि आएकी अनुजा २०६८ उक्त प्रतियोगिताको विजेता भएर मात्रै फर्किइन्। उनको नृत्य क्षमता प्रमाणित गर्न त्यही प्रतियोगिता काफी थियो। ‘छमछमी जित्नु अघिसम्म ममी, शिल्पा दिदी र अनामिका दिदीले गाइड गर्नुभएको थियो,’ उनले भनिन्, ‘त्यसपछि मात्रै डान्स ट्रेनिङ र अध्ययन प्रारम्भ भयो।’

त्यसो त बहिनी मारिया र विशाकाले पनि उनलाई नृत्यमा अघि बढ्न प्रेरित गरेका थिए। अनुजाले सिलगढी तथा मुम्बईमा नृत्यसम्बन्धी विशेष कोर्सहरु गर्न थालिन्। वि.सं. २०६८ सालदेखि २०७० सालसम्ममा उनको नृत्यले ठूलो छलाङ मारिसकेको थियो। मुम्बईमा बलिउडका स्टार कलाकारहरुसँग उनको राम्रो सम्बन्ध र सम्पर्क बन्दै गएको थियो।

तर, दुर्भाग्यवश वि.सं. २०७० सालमा उनको स्वास्थ्य बिग्रियो। पेटमा गम्भीर समस्या आएपछि अनुजाको मेजर अपरेशन गर्नुपर्याे। डाक्टरले त्यतिबेला उनलाई ‘१० दिनभित्र जे पनि हुन सक्ने’ बताएपनि उनी जीवनप्रति आशावादी थिइन्। र, उनले मृत्युलाई पनि जितेर नयाँ जीवन शुरु गरिन्।

त्यही उत्साह र उमङ्गका साथ उनी कला क्षेत्रमा फर्किएकी छिन्। तर, पुनः डान्स गर्न उनलाई २ वर्ष पर्खिन पर्यो। २०७२ सालपछि पुर्ण स्वस्थ भएपछि अनुजा आफ्नो दैनिकीमा लागेकी हुन्।

‘उपचारका बेला मलाई डान्स छोड्न पर्ने स्थिति आयो भनेर अत्यन्त दुःख लागेको थियो,’ उनले भनिन्, ‘तर, रेस्टपछि म फेरि यही फिल्डमा फर्किएकी छु, मैले धेरै लामो यात्रा गर्नु छ।’ यसो भन्दै गर्दा अनुजाको मुहारमा अलिकति पिडा र धेरै चाँहि आशा देखिन्थ्यो। उनको अठोटको आशा शक्तिशाली बनेर प्रतिबिम्बित भएको थियो।

वि.सं. २०७२ सालमा स्थापित उक्त स्कूलबाट ५ सयभन्दा धेरै विद्यार्थीले नृत्य सिकिसकेको छन्। भरत नाट्यममा सिनियर डिप्लोमा गरेकी अनुजा हिपहप र कन्टेम्प्ररीमा निपूर्ण छिन्।

डान्स सिकाएकै पैसाले स्कूल स्थापना

अनुजा अग्रवाल स्वास्थ्य अवस्थामा सुधार आएपछि पुनः आफ्नो दैनिकीमा फर्किइन्। उनले विभिन्न विद्यालयहरुमा नृत्य सिकाउन थालिन्। झापाका आधा दर्जन विद्यालयहरुमा उनी डान्स इस्ट्रक्टरको जिम्मेवारी निभाउँछिन्।

स्कूलमा पढाउनेसँगै उनले व्यक्तिगत लगानीमा डान्स स्कूल सञ्चालन गरेकी छिन्। झापाको बिर्तामोडमा सञ्चालित आए एस डान्स जोनमा अहिले ५० जनाभन्दा धेरै विद्यार्थी नृत्य सिक्न आउँछन्। वि.सं. २०७२ सालमा स्थापित उक्त स्कूलबाट ५ सयभन्दा धेरै विद्यार्थीले नृत्य सिकिसकेको छन्।

भरत नाट्यममा सिनियर डिप्लोमा गरेकी अनुजा हिपहप र कन्टेम्प्ररीमा निपूर्ण छिन्। ‘फिल्मका लागि अफर आइरहेको छ। तर, अहिले डान्सलाई निरन्तरता दिइरहेको छु,’ उनले भनिन्, ‘चाँडै नै नयाँ प्रोजेक्ट लञ्च गर्ने तयारी भइरहेको छ।’

सर्टिफाइड जुम्बा इस्ट्रक्टर

अनुजा सर्टिफाइड जुम्बा इस्ट्रक्टर हुन्। जुम्बा कम्पनीले नै उनलाई औपचारिक रुपमा सर्टिफिकेट प्रदान गरेको हो। अनुजाका अनुसार आफूमा अन्तरनिहीत कलानुभूतिको प्रस्तुति नै डान्स हो, हाम्रो जीवनका नवरसलाई बडील्याङ्वेजमार्फत प्रस्तुत गर्नु नै नृत्य हो।

‘हाम्रो जीवनमा फरक–फरक एक्स्प्रेसन–फिलिङ हुन्छन् जसलाई डान्सको भाषामा नवरस भनिन्छ,’ उनले भनिन्, ‘त्यही फरक–फरक भावलाई बडी ल्याङ्वेजबाट प्रस्तुत गर्नुलाई डान्स भनिन्छ।’

व्यापार–व्यवसायमा संलग्न रहने मारवाडी समुदायबाट कला क्षेत्रमा पाइला राख्न महिलाका लागि त निकै चुनौतिपूर्ण नै हुन्छ। तर, अनुजाले ती सारा चुनौतिलाई पार लगाएर सफलताको कथा लेख्ने तयारीमा छिन्।