Suvadin, Home

‘आमा’की भुन्टीबाट नक्कलीको फिल्मी यात्रा
डिठ्ठाकी छोरी, सदाबहार अभिनेत्रीः जसले नाटक र फिल्म खेलेको बहानामा दिन्दिनै कुटाई खानुपर्थ्यो

बसुन्धराका बुवा डिठ्ठा थिए। ‘डिठ्ठाकी छोरी बिग्री’ भन्नेहरु पनि धेरै थिए रे। ‘महिलालाई कला क्षेत्रमा लाग्न त असम्भव नै थियो,’ उनले भनिन्। तर, उनी परिवारका सदस्यसँग जोगिँदै नाटक र फिल्ममा अभिनयका लागि पुग्ने गर्थिन्। यस क्षेत्रमा लागेकै कारण सधैं कुटपिट हुँदा पनि उनी विचलित भइनन्। त्यसैले अहिले नेपाली कलाक्षेत्रकी ‘इन्स्पायरर’ हुन् बसुन्धरा भुसाल।
बसुन्धरा भुसाल।

विनिता कार्की, काठमाडौं, ८ वैशाख – नेपाली रजतपटमा केही गनेचुनेका कलाकारहरु छन्, जसले मुलुकको समग्र फिल्म क्षेत्रलाई हिँडाई रहेको छन्।

राज्यको सहयोग छैन, उच्चस्तरीय प्रविधि छैन। अध्ययन–अनुसन्धानको क्षेत्र फराकिलो पनि हुन सकेको छैन। तर, नेपाली फिल्मको गुणस्तर सुधार गर्न लागि रहेका छन् उनीहरु। नेपाली फिल्म उद्योगमा यसरी नै संघर्षबाट स्थापित र अमर नाम हो बसुन्धरा भुसाल। 

वि.सं. २०२१ देखि निरन्तर नेपाली फिल्म लागिरहेकी बसुन्धराले सदाबहार अभिनेत्रीका रुपमा परिचय बनाएकी छन्। करिब एक सय ६५ वटा नेपाली फिल्ममा उनको अभिनय नेपाली दर्शकले हेरिसकेका छन्। 

कलिलो उमेर। अभिनय गर्ने रहर। तर, पारिवारिक वातावरण चाहिँ प्रतिकूल। बसुन्धरा भुसालले भोगेको पहिलो समस्या नै यही हो। ‘मैले फिल्ममा काम गर्नुअघि नाटक गरेँ,’ बसुन्धराले शुभदिनसँग भनिन्, ‘तर, त्यति बेला एउटा बालिकालाई, एउटी नारीलाई कला क्षेत्रमा प्रवेश गर्न सजिलो छँदैथिएन।’ तर, तिनै समस्याहरुलाई पन्छाउँदै अघि बढेकी बसुन्धरा अहिले नेपाली फिल्मकी सर्वाधिक लोकप्रिय कलाकारका रुपमा स्थापित भएकी छिन्।

वि.सं. २०२१ मा ‘आमा’ फिल्ममा ‘भुन्टी’को भूमिकाबाटै बसुन्धराले नेपाली फिल्ममा प्रवेश गरेकी हुन्। भुन्टी भएर यस क्षेत्रमा प्रवेश गरेकी उनी नेपाली फिल्मकी पहिलो महिला हास्य कलाकार पनि हुन्।

‘आमा’बाट नेपाली फिल्ममा प्रवेश

आमा जननी हुन्। आमाले नै संसार देख्ने अवसर प्रदान गर्छिन्। तर, बसुन्धरा भुसालको जीवनमा ‘आमा’का दुई वटा संयोग छन्। ‘एउटी आमा जसले मलाई जन्म दिनुभयो, अर्की आमा जसबाट मैले नेपाली फिल्मको क्षेत्रमा प्रवेशको बाटो पाएँ,’ उनले भनिन्। 

हो, वि.सं. २०२१ मा ‘आमा’ फिल्ममा ‘भुन्टी’को भूमिकाबाटै बसुन्धराले नेपाली फिल्ममा प्रवेश गरेकी हुन्। भुन्टी भएर यस क्षेत्रमा प्रवेश गरेकी उनी नेपाली फिल्मकी पहिलो महिला हास्य कलाकार पनि हुन्।

वि.सं. २००७ सालको फागुन महिनाको शिवरात्रीका दिन जन्मिएकी बसुन्धरालाई आमा फिल्मले नेपाली रजतपटमा २०२१ सालमा जन्म दिएको हो। 

बालकलाकारको भूमिका निभाउने उनी सर्वाधिक लोकप्रिय भइन्। कयौं नाटकमा अभिनय गरिसकेपछि फिल्ममा प्रवेश गरेकी बसुन्धरा भुसालले टेलिफिल्महरुमा पनि अब्बल दर्जाको प्रस्तुति दिइन्।

नाटकपछि फिल्मी यात्रा

नेपाली रंगमञ्चमा स्थापित धेरै कलाकारहरु फिल्ममा प्रवेश गरेका छन्। नाटकमा काम गरिसकेपछि फिल्म खेलेका कलाकारहरु स्थापित पनि भएका छन्। बसुन्धरा भुसालले वि.सं. २०१४–१५ सालबाट नाटकमा काम गर्न थालिन्।

बालकलाकारको भूमिका निभाउने उनी सर्वाधिक लोकप्रिय भइन्। कयौं नाटकमा अभिनय गरिसकेपछि फिल्ममा प्रवेश गरेकी बसुन्धरा भुसालले टेलिफिल्महरुमा पनि अब्बल दर्जाको प्रस्तुति दिइन्।

‘कलाको दायरा फराकिलो छ, नाटक, फिल्म, टेलिफिल्म जे पनि गर्न सक्ने स्थिति अहिले बनिसकेको छ,’ उनले भनिन्।

सबैभन्दा पहिले आफ्नो भूमिकाबारे प्रष्ट हुन्छिन्। र, अभिनयमा पनि जस्ताको तस्तै उतार्ने उनको खुबी छ। जीवन्त अभिनयका लागि बसुन्धरालाई दर्शक–शुभचिन्तकले सम्झने गर्छन्। कुनै पनि पात्रलाई उनी वास्तविकझैं प्रस्तुत गर्न सक्छिन्।

पात्रलाई जीवन प्रदान गर्ने बसुन्धरा

कला जीवनको प्रतिबिम्ब हो। समाजको वास्तविक कथा हो। कला क्षेत्रले यही समाजको प्रतिबिम्ब प्रस्तुत गरेको हुन्छ। बसुन्धरा भुसाल आफ्नो भूमिकामा त्यही समाजको वास्तविक चित्रलाई प्रस्तुत गर्छिन्।

सबैभन्दा पहिले आफ्नो भूमिकाबारे प्रष्ट हुन्छिन्। र, अभिनयमा पनि जस्ताको तस्तै उतार्ने उनको खुबी छ। जीवन्त अभिनयका लागि बसुन्धरालाई दर्शक–शुभचिन्तकले सम्झने गर्छन्। कुनै पनि पात्रलाई उनी वास्तविकझैं प्रस्तुत गर्न सक्छिन्।

बसुन्धराको कलामा त्यो जादु छ, जसले निरन्तर दर्शकलाई समेटेर राख्न सक्छ। ‘हामीले समाजलाई बुझेर त्यो वास्तविकतालाई पर्दामा प्रस्तुत गर्ने हो, त्यसैमा डुब्न सके प्रस्तुति पनि जीवन्त बन्छ,’ उनले भनिन्, ‘साथै कलाकारले जुनसुकै भूमिका निभाउन सक्नुपर्छ।’ 

पारिवारिक असहयोग

नेपालकी लोकप्रिय कलाकार बसुन्धरा भूसालले फिल्मी क्षेत्रमा प्रवेश गर्दा परिवारबाट ज्यादै धेरै असहयोग झेल्नु पर्यो। उनका अनुसार त्यतिबेला कलाक्षेत्रमा सक्रिय पुरुषप्रति पनि समाजको दृष्टिकोण ज्यादै नकारात्मक थियो। 

बसुन्धराका बुवा डिठ्ठा थिए। ‘डिठ्ठाकी छोरी बिग्री’ भन्नेहरु पनि धेरै थिए रे। ‘महिलालाई कला क्षेत्रमा लाग्न त असम्भव नै थियो,’ उनले भनिन्। तर, उनी परिवारका सदस्यसँग जोगिँदै नाटक र फिल्ममा अभिनयका लागि पुग्ने गर्थिन्। यस क्षेत्रमा लागेकै कारण सधैं कुटपिट हुँदा पनि उनी विचलित भइनन्। त्यसैले अहिले नेपाली कलाक्षेत्रकी ‘इन्स्पायरर’ हुन् बसुन्धरा।

अभिभावकको कुटाईभन्दा पनि त्यसमा आफूप्रतिको चिन्ता देख्छिन् उनी। ‘आमाबुवाको गल्ती होइन त्यो, समाजको मानसिकता नै त्यस्तै थियो, उहाँहरु पनि समाजकै अंग त हुनुहुन्थ्यो नि,’ उनले भनिन्।

त्यसपछि त बसुन्धरालाई के नै चाहियो र! ‘श्रीमानले ज्यादै ठूलो सहयोग गर्नु भएको छ, अभिनयमा लाग्न पनि प्रेरणा दिनु भएको छ,’ उनले भनिन्, ‘मेरो सफलता म एक्लैले सम्भव भएको होइन, उहाँको बराबरी साथ छ।’ 

श्रीमानको दरिलो साथ

बसुन्धराको विवाह चेतनारायण भुसालसँग भयो। विवाह गर्दापनि उनी कलाक्षेत्रमा सक्रिय रहेकी थिइन्। समाजका धेरैले बसुन्धराको आलोचना गरेपनि, कुरा काटेपनि उनका श्रीमान चेतनारायणले उनलाई भरोशा दिए, साथ दिए।

त्यसपछि त बसुन्धरालाई के नै चाहियो र! ‘श्रीमानले ज्यादै ठूलो सहयोग गर्नु भएको छ, अभिनयमा लाग्न पनि प्रेरणा दिनु भएको छ,’ उनले भनिन्, ‘मेरो सफलता म एक्लैले सम्भव भएको होइन, उहाँको बराबरी साथ छ।’ 

भुसाल दम्पत्तिका २ छोरी र १ छोरा अमेरिकामा छन्। रोचक त के छ भने छोराछोरी सानै छँदा पनि बसुन्धराका श्रीमानले सबै सम्हाल्ने गर्थे। र, उनी अभिनय यात्रालाई अघि बढाउन पाउँथिन्।

चङ्खेकी नक्कली

कलाकारलाई वास्तविक नामभन्दा पनि उनीहरुले निभाउने भूमिका वा पात्रले बढी परिचित गराउँछ। कुनै–कुनै पात्र त यस्ता हुन्छन्, यसलाई दर्शकले सधैं–सधैं सम्झी रहन्छन्। 

बसुन्धरा भुसालले निभाएका धेरै पात्रहरुले अहिले पनि उनलाई पछ्याई रहन्छन्। उनलाई धेरै दर्शक भुन्टी, नक्कली आदि नामबाट चिन्छन्, सम्बोधन गर्छन्। 

आमा फिल्मकी ‘भुन्टी’ पछि आएर ‘नक्कली’ले परिचित भइन्। नक्कलीका सहयात्री थिए, चङ्खे। चङ्खेको भूमिकामा थिए गोपालराज मैनाली। 

गोपालराज र बसुन्धराको ‘चङ्खे–नक्कली’ जोडी लोकप्रिय हास्यजोडीका रुपमा स्थापित भयो। चङ्खे र नक्कलीको जोडी नहुँदा फिल्मको चर्चा नहुने स्थिति बन्यो। तर, चङ्खे अर्थात् गोपालराजको निधनपछि यो लोकप्रिय जोडी हेर्ने दर्शकको चाहनामा पूर्णविराम लाग्यो।

‘त्यति बेला मैले धेरै अवरोध सहनु पर्यो, धेरै समस्या झेल्नुपर्यो,’ बसुन्धराले शुभदिनसँग भनिन्, ‘तर, त्यति बेलाको संघर्षको प्रतिफल अहिले प्राप्त भएको छ, जुन सम्मान प्राप्त भएको छ यो नै ती सबै दुःख भुलाउने माध्यम बनेका छन्।’

अझै धेरै काम गर्न बाँकी छः बसुन्धरा

हास्यसाम्राज्ञी भनेर ख्याती कमाएकी बसुन्धरा भुसालले अझै धेरै काम गर्न बाँकी रहेको बताएकी छिन्। कला क्षेत्रलाई जीवन समर्पण गरेकी बसुन्धराले अहिले हास्यविधालाई सम्मान गर्ने परिपाटीको विकास भएको उल्लेख गरिन्।

‘त्यति बेला मैले धेरै अवरोध सहनु पर्यो, धेरै समस्या झेल्नुपर्यो,’ बसुन्धराले शुभदिनसँग भनिन्, ‘तर, त्यति बेलाको संघर्षको प्रतिफल अहिले प्राप्त भएको छ, जुन सम्मान प्राप्त भएको छ यो नै ती सबै दुःख भुलाउने माध्यम बनेका छन्।’

हास्यसाम्राज्ञी बसुन्धराले वि.सं. २०७२ सालमा राष्ट्रिय चलचित्र सम्मानसँगै महेन्द्ररत्न भूषण, बालकृष्ण सम सम्मान, भैरवनाथ पुरस्कार, महेन्द्र साधना सम्मान, बासुदेव लुइँटेल पुरस्कारजस्ता कयौं पुरस्कार प्राप्त गरिसकेकी छिन्।

साथै, चलचित्र विकास बोर्ड मातहतको कलाकार कल्याण कोषको अध्यक्ष भएर डेढ दशक काम गरेकी बसुन्धरा कलाकार संघकी अध्यक्ष भएर पनि नेपाली फिल्मको विकास र प्रवर्द्धनमा योगदान गरेकी छिन्।


 

More form the Internet

loading...