Suvadin, Home

नेपाल–कोरिया साहित्य, संस्कृति र कला महोत्सव

स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’को बुधबार उद्घाटन गरेका छन्। नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको तीन दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने छ।
स्वास्थ्यमन्त्री गगन थापा ।

काठमाडौं, फागुन ११


स्वास्थ्यमन्त्री गगन थापाले ‘नेपाल कोरिया साहित्य, संस्कृति र कला महोत्सव’को बुधबार उद्घाटन गरेका छन्। नेपाली लेखक सङ्घ र युरासिया कल्चर फोरम कोरियाको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको तीन दिने महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने छ। 

उक्त अवसरमा स्वास्थ्यमन्त्री थापाले दक्षिण कोरियाले छोटाे समयमा गरेको समृद्धिबाट नेपालले सिक्नुपर्ने बताउँदै कोरियाले नेपाली युवालाई सम्मानजनक रोजगारी दिइरहेको बताएका छन्।

दुई देशको आपसी सम्बन्धलाई साहित्य, कला र संस्कृतिका माध्यमले थप जोड्ने भएकाले यस्ता महोत्वसको निरन्तरताको कामना गर्दै उनले त्यहाँको हरेक दुखमा निर्स्वार्थ सहयोगका हात फैल्याएकामा कोरियाप्रति आभार व्यक्त गरे। 

सङ्घका अध्यक्ष श्रवण मुकारुङले महोत्सवमा साहित्यिक प्रस्तुतिसहित कला प्रदर्शनी र अवलोकन भ्रमण पनि गरिने जानकारी दिए। कल्चर फोरमका अध्यक्ष हङ् की सिकले नेपालको कला र संस्कृतिप्रति आफूहरुको अगाध माया रहेको बताए। रासस


 

More form the Internet

loading...