
काठमाडौं । 'मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९' को ग्रान्ड फिनाले आज हुँदै छ । शुभदिन मिडिया तथा रिसर्च सेन्टरको आयोजना र होटल एसोसिएसनको सह–आयोजनामा हुन लागेको प्रतिस्पर्धात्मक कार्यक्रमको फाइनल आज दिउँसो ३ बजेदेखि ६ बजेसम्म होटल अन्नपूर्णमा हुने कार्यक्रम संयोजक एवम् पूर्व मिस नेपाल सुगरिका केसीले जानकारी दिइन् ।
नेपाली मौलिकता प्रबर्द्धनसँगै नेपाली पर्यटन क्षेत्रमै नयाँ आयाम स्थापित गर्न यो कार्यक्रम भइरहेको छ । सरकारले आगामी वर्ष मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा मिस एन्ड मिस्टर हस्पिटालिटी नेपाल-२०१९ को गरिएको जनाइएको छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई टेवा पु-याउने प्रतिस्पर्धात्मक कार्यक्रमको मूल उद्देश्य रहेको केसीको भनाई छ ।
यस्तै पर्यटन, होटल म्यानेजमेन्ट तथा हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति निमार्ण गर्नका लागि पनि कार्यक्रमको आयोजना गरिएको उनले बताइन् । प्रतिस्पर्धा तथा प्रशीक्षणका हरेक चरणमा नेपाली मौलिकतलाई प्रबर्द्धन गर्न मौलिक भाषा, खाना र पहिरनमा विशेष जोड दिइएको छ ।
करिब दुई महिनाअघिदेखि सुरु भएको यो प्रतिस्पर्धात्मक कार्यक्रममा काठमाडौं उपत्यका र उपत्यका बाहिरका जिल्लामा होटल म्यानेजमेन्ट र हस्पिटालिटी पढाइ हुने र तालिम दिने विभिन्न शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका थिए ।
विजेताले के पाउँछन् ?
१ एक–एक लाख नगद पुरस्कार
२ होटल एसोसिएसन नेपालको सदभावना दूत
३ क्यान्सर केयर नेपालको सदभावना दूत
४ युनिभर्सल पिस फेडेरेसनको शान्ति दूत
५ एभरेष्ट फिल्म एकेडेमीबाट निशुल्क कोर्स
६ फ्लाई टेक इन्टरनेशनलबाट निशुल्क एयर होस्टेज तालिम
उपविजेताले के पाउँछन् ?
१ विभिन्न कलेज तथा ब्रान्डको ब्रान्ड एम्बेसेडर
२ नेपाल स्किन केयर सेन्टरको ब्रान्ड एम्बेसडर
३ टीभी, रेडियो तथा विभिन्न विज्ञानपनहरु मोडलिङ् गर्ने अवसर
४ भिजिट नेपालका विभिन्न कार्यक्रमहरुमा नजिकबाट काम गर्ने अवसर पाउनेछन् ।
शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालीले विगत चार वर्षदेखि युवा सचेतना, नेतृत्व विकास र सामाजिक न्यायको क्षेत्रमा काम गरिरहेको छ ।
फाइल तस्बिर