Suvadin, Home
Bridge Water

फिल्म ‘बोबी’ हेर्दा नर्वे घुम्ने अवसर

निर्माण टिमले अगाडि सारेको प्याकेज अन्तर्गत ‘बोबी’ हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखि, त्यसको फोटो खिचेर ‘बोबी’ को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ। उपलब्ध भएका फोटोलाई फेसबुक लाइभ मार्फत् गोलाप्रथाको माध्यमबाट विजेता घोषणा गरिनेछ। भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै ‘बोबी’ को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन्।

काठमाडाैं ३० जेठ – मिलन चाम्सद्रुरा नर्मित चलचित्र  ‘बोबी’ यही असार २९ गतेबाट प्रदर्शनमा अाँउदै छ। उमेश थापा र कविता गुरुङ अीभनीत तथा यही कपलको रियल लभस्टोरीमा निर्मित यो फिल्म हेर्ने दर्शकले नर्वे घुम्न पाउने भएका छन्।

निर्माण टिमले अगाडि सारेको प्याकेज अन्तर्गत ‘बोबी’ हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखी, त्यसको फोटो खिचेर ‘बोबी’ को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ।

उपलब्ध भएका फोटोलाई फेसबुक लाइभमार्फत् गोलाप्रथाको माध्यमबाट विजेता घोषणा गरिनेछ। भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै ‘बोबी’ को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन्।