Suvadin, Home
Citizen Bank 466.5k

Cover Image

चलचित्र ‘डोली’ले पायो पीजी सर्टिफिकेट

‘डोली’ को निर्देशन राजबहादुर सानेले गरेका छन्।

काठमाडौं, २५ मंसिर –  यही मंसिर २८ गतेदेखि देशैभर प्रदर्शनको तयारीमा रहेकाे नोपाली कथानक चलचित्र ‘डोली’ ले सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट पाएको छ।

पीजी सर्टिफिकेट पाएसँगै यो फिल्म १६ वर्ष मुनीको बालबालिकाले अभिभावकको निगरानीमा हेर्न पाउने छन्।

चलचित्र सामाजिक प्रेम कथामा आधरित रहेर निर्माण भएको बताइएको छ। ‘डोली’ को निर्देशन राजबहादुर सानेले गरेका छन्। उनले यसअघि नेपाली चलचित्र बृन्दावनको पनि निर्देशन गरिसकेका छन्।

किरण नेपालीले निमार्ण गर्न लागेको यो चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो। चलचित्रको स्क्रिप्ट चलचित्रका निर्देशक राजबहादुर स्वयंमले लेखेका हुन्।

चलचित्र ‘डोली’ मा बाबुल गिरी, सिडी अधिकारी र पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ। चलचित्रमा शंकर महर्जनको द्वन्द्व निर्देशन छ भने चलचित्रको गीतको कोरियोग्राफी श्रीकृष्ण परियारले गरेका हुन्।

चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाइँ, प्रिया रिजाल, सानिया खान तथा संगिता नापित, अर्जुन गुरुङ, नबीन रेग्मी, हिमवाला गौतम, दामोदर खतिवडा, प्रशान्त भण्डारी, सतिश खत्रीलागायतको अभिनय रहेको छ।

 


 

More form the Internet

loading...