Suvadin, Home
Nepal life 2.266M

प्रियंका चोपडाले निर्माण गरेको नेपाली फिल्म 'पाहुना' को पोस्टर रिलिज

बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सार्वजनिक भएको छ। रिलिज मिति तय गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो। पोस्टरमा तीन बाल–बालिकालाई फिचर्ड गरिएको छ।

काठमाडाैं, २० कात्तिक – बहुप्रतिभाशाली बलिउड अभिनेत्री प्रियंका चोपडाले निर्माण गरेको नेपाली चलचित्र ‘पाहुनाः द लिटिल भिजिटर’को नयाँ पोस्टर सार्वजनिक भएको छ। रिलिज मिति तय गर्दै चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो।

पोस्टरमा तीन बाल–बालिकालाई फिचर्ड गरिएको छ। यही डिसेम्बर ७ तारिकमा रिलिज हुने चलचित्रलाई तरुण आदर्शले ट्विटर मार्फत जानकारी दिएका हुन्। चलचित्र यसअघि अन्तर्राष्ट्रिय फेस्टिबलहरुमा रिलिज भइसकेका छन्।

जर्मनीमा भएको फिल्म फेस्टिभल र अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा दुई पुरस्कार हात पारिसकेको छ। यो चलचित्रलाई प्रियंका चोपडा र उनकी आमा मधु चोपडाले निर्माण गरेकी हुन् भने लेखन र निर्देशन पाखी ए टेरेबालेले गरेका हुन्।


 

More form the Internet

loading...