Suvadin, Home

चलचित्र ‘सायाबुङ’ काठमाण्डौमा प्रदर्शन 

प्रिमियर शोउद्घाटन गर्दै उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदानपुग्ने बताए। त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्यतथा संघीय सांसदसुदन किरातीले संस्कृती संरक्षण तथा पहिचानको आन्दोलनमा चलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताए।

काठमाडौं १ असाेज – किरात राई संस्कृतिमा आधारित चलचित्र ‘सायाबुङ’ शीरफुलको भव्य प्रदर्शनभएको छ। किरात राई यायोक्खा केन्द्रियकार्यालय कोटेश्वरस्थित सुम्नीमाहलमाशनिबार विशेष प्रदर्शनी भएको हो।

द ह्वाइट फेसको आयोजनामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति किरात राई यायोक्खाका कार्यबहाक अध्यक्ष दिवश राईले फिल्मनिर्माण टिमलाई बधाई दिए।

प्रिमियर शोउद्घाटन गर्दै उनले यस्तो फिल्मको निर्माणले संस्कृतीको संरक्षणमा ठूलो योगदानपुग्ने बताए। त्यस्तै नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रिय सदस्यतथा संघीय सांसदसुदन किरातीले संस्कृती संरक्षण तथा पहिचानको आन्दोलनमा चलचित्र क्षेत्रको पनि ठूलो भूमिका रहेको बताए।

व्यापकदर्शकको उपस्थितिले हलमा अटाउन हम्मेहम्मे परेको थियो। दर्शकको उपस्थितिले आफुलाई थप काम गर्ने जाँगर आएको मात्र नभएर गर्व महसुस भएको निर्मात्री साया राईले बताइन।

द पाल्मग्रुपप्रा. लि. को ब्यानरमानिर्माण गरिएको सायाबुङ चलचित्रकिरात राई सँस्कृतिमाआधारित रहेको छ।चलचित्रलेकिरातीहरुको परम्परागतमूल्य, मान्यता, प्रेम तथाविवाह जस्ता संस्कारहरु समेत समेटिएको छ।

चलचित्रको नामकिराती सभ्यतार भाषाबाट लिइएको भए पनि चलचित्र नेपाली भाषामा रहेको छ। पूर्वी नेपालको उच्च पहाडी भेगमा रहेको चौरीगोठ पालनको संस्कृतीलाई पनि चलचित्रमा समेटिएको छ।

बस्ती भन्दा धेरै टाढा गोठ पालन गरि बस्ने युवा र बस्तीमा रहेकी युवतीबीच झागिएको प्रेम वरिपरि फिल्मको कथा घुमेको छ। मोफसलमा निर्माण भएकाले केही प्राविधि कमजोरीका बाबजुद फिल्म राम्रो रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन्।

मोफसलमा मात्र होइन समग्र नेपाली फिल्म उद्योगले नै हलिउडको जस्तो साइन्स फिक्सन दिनन सक्ने भएकाले अब नेपाली फिल्मले सायाबुङले जस्तै कन्टेन दिनु पर्ने फिल्म हेरिसकेपछि किरात राई युवा संघका केन्द्रिय अध्यक्ष सञ्जय राईले बताए। 

चलचित्रको छायाँङ्कन पूर्वी नेपाल भारत सीमाना सन्दकपुर, फालेलुङ, सिदिन, सिलौटी, लब्रेकुटी र भारतको मणीपुरका रमणीय स्थानहरुमा गरिएको छ।

सौजन सुब्बा, निशा राई, सगुन सुसारा, साया राई, राहुल राई, दर्पण राई, उमेश राई र दिब्य आङ्देम्बेको अभिनय रहेको यस चलचित्र साया राईले निर्माण गरेका हुन।

भगिराज राईको लेखन निर्देशन, भक्त सुनुवार र उदय नेमबाङको संगीत रहेको छ। देबजंग थापाले सम्पादन गरेका छन्। चलचित्र मादिपक लिम्बू, रजिना रिमाल, दिपालामा, उदय नेम्बाङ गौरिमान राई र भगिराज राईकोगीत समेटिएको छ।

काठमाडौंको विशेष प्रदर्शनपछि झापा, बिर्तामोड, इलाम, धरानलगायत नेपालको अन्य ठाउँमा समेत प्रदर्शन गरिने निर्देशक भगीराज राईले बताए। त्यसैगरी भारतको दार्जी्लिङ, सिक्किम, मणिपुर, कालेबुङ, दिल्ली र साउदी अरबमापनिप्रदर्शन गर्ने मिति तय भइसकेको राईले जानकारी गराए।
 


 

More form the Internet

loading...