Suvadin, Home

बलिउडमा जम्दैछन् नेपाली कलाकार

केही समय क्यान्सरले थला परेकी मनिषाले रोगलार्इ जित्दै पुन बलिउडमा फर्कने जमर्को गरिरहेकी छिन्। अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बन्ने फिल्मको मुख्य भूमिकामा उनी अनुबन्ध भइसकेकी छिन्। बलिउडसँग मनिषा मात्रै हैन, उनका भाइ सिद्धार्थ कोइराला पनि जोडिएका छन्। बलिउडमा जमेका अर्का नेपाली कलाकार हुन्, उदितनारायण झा। सुरिलो स्वरका धनी झा नेपाल अनि भारतको सांगीतिक क्षेत्रमा नाम कहलिएका हुन्। सांगीतिक क्षेत्रबाट बलिउडमा प्रवेश गर्नेमा भने भने झा नायिका मनिषाभन्दा एक दसक पुराना हुन्।
प्रियंका कार्की।

काठमाडाैं, माघ २७ - नायिका प्रियंका कार्की नेपाली सिनेमाकी निकै व्यस्त नायिकामा गनिन्छिन्। उनको व्यस्तताले उनलाई सफलताको सिँढी पनि चढाइरहेको छ।

पछिल्लो समय उनले अभिनय गरेका जुनसुकै नेपाली फिल्मले राम्रो व्यापार सँगसँगै प्रतिक्रिया पनि बटुलेका छन्। उनले नार्इ नभन्नु ल, भिजिलान्ते, छक्का पञ्जा, झाेलेजस्ता हिट फिल्म दिएकी छिन्। छोटो समयमा नेपाली चलचित्रमा राम्रो प्रगति गर्न सफल नायिका कार्कीले आफ्नो दायरा पनि फराकिलो बनाएकी छिन्।   

प्रियंकाले एउटा बलिउड विज्ञापनमा अभिनय गर्दै बलिउड प्रवेशको संकेत गरेकी छन्। नेपाली चलचित्र सँगसँगै म्युजिक भिडियो, स्टेज प्रोग्रामहरूमा निकै व्यस्त प्रियंकाको बलिउड विज्ञापन आएसँगै एकपटक फेरि चर्चा चुलिएको छ।

उनले अभिनय गरेकोे भारतीय चाउचाउ ‘इट ओ’को विज्ञापन अहिले चर्चामा छ। ४० सेकेण्डको उक्त विज्ञापन प्रियंकाले आमाको भूमिका निर्वाह गरेकी छिन्। 

प्रियंकालाई भारतीय ब्राण्डसँग जोड्न भने नेपाली विज्ञापन प्रोडक्सन हाउस ‘जी ट्वान्टी वान’ ले सहयोग गरेको हो। सुरुवाती दिनमा युट्युबमा तीन नम्बरसम्म ट्रेण्डिङ बनेको विज्ञापनबारे नायिका कार्की भन्छिन्, ‘नेपाली कलाकारहरू भारतीय मात्र हैन, अन्य विदेशी ब्राण्डमा देखिनुलाई सुखद् मान्नुपर्छ। विदेशी ब्राण्डमा नेपाली कलाकार देखिनु भनेको देशकै परिचय फराकिलो बन्नु हो।’

नायिका कार्कीले भारतीय विज्ञापनमा अभिनयपश्चात बलिउडमा प्रवेशको संकेत त दिएकी छिन् तर उनी बलिउडमा कति जम्ने हुन्, आगामी दिनले देखाउने छ। बलिउडमा नेपाली कलाकारहरूको प्रवेश ९० को दसकको सुरुवातमै भएको पाइन्छ।

नेपाली कलाकारको बलिउड यात्रा

नेपालमै जन्मिएकी तर भारतमै हुर्किएकी मनिषा कोइरालाले बलिउडमा आफूलार्इ सफल बनाइन्। पढाइको सिलसिलामा भारत पुगेकी मनिषाले मोडलिङ करिअरसँगै सन् १९९१ मा सौदागर फिल्मबाट बलिउडमा डेब्यु गरिन्। त्यसपछि उनले अकेले हम अकेले तुम्,अग्नि साक्षी, मन, मेहबुबा लगायतका फिल्ममा अभिनय गरिन्।

बलिउडमै जमेका बेला मनिषा नेपाली चलचित्रमा पनि देखिइन्। कलिउडमा भने उनले फेरि भेटौला र धर्माजस्ता फिल्ममा अभिनय गरे पनि फिल्मले खासै चर्चा पाउन सकेन।

केही समय क्यान्सरले थला परेकी मनिषाले रोगलार्इ जित्दै पुन बलिउडमा फर्कने जमर्को गरिरहेकी छिन्।  अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित बन्ने फिल्मको मुख्य भूमिकामा उनी अनुबन्ध भइसकेकी छिन्। बलिउडसँग मनिषा मात्रै हैन, उनका भाइ सिद्धार्थ कोइराला पनि जोडिएका छन्।

बलिउडमा जमेका अर्का नेपाली कलाकार हुन्, उदितनारायण झा। सुरिलो स्वरका धनी झा नेपाल अनि भारतको सांगीतिक क्षेत्रमा नाम कहलिएका हुन्। सांगीतिक क्षेत्रबाट बलिउडमा प्रवेश गर्नेमा भने भने झा नायिका मनिषाभन्दा एक दसक पुराना हुन्।

उदितले सन् १९८० को दसकमा बलिउड यात्रा थालेका थिए। उदितले डर फिल्मको जादु तेरी नजर खुस्बु तेरा बदन बोलको गीतमा आवाज दिएपछि उनी बलिउडमा व्यस्त बने।

भारतीय टेलिसियरलमा जमेकी नेपाली कलाकार उषा पौडेल हुन्। साहारा वनको तत्कालीन तुजसँग प्रित लगाई सजना, जय बजरंग बली, अदालत र चिन्टु चिङकी और एक बढिसी लभ स्टोरीजस्ता उनले अभिनय गरेका केही भारतीय टेलिसिरियलहरू हुन्।

नेपाली चलचित्रमा राते काइँलाका नामले प्रसिद्ध सुनील थापा अर्का नेपाली कलाकार हुन् जसले बलिउडमा चर्चा कमाए। सुनील थापाले अभिनय गरेको पछिल्लो भारतीय चलचित्र बलिउड नायिका तथा पूर्वमिस वर्ल्ड प्रियंका चोपडा अभिनित मेरिकोम थियो। जसमा उनले प्रियंकाको गुरुको अभिनय गरेका थिए। सो फिल्मको ट्रेलर सार्वजनिक भएसँगै कलिउडमा राते काइँलाको चर्चा चुलिएको थियो। सुनीलले बलिउडमा अभिनय गरेको मेरिकोम भने पहिलो चलचित्र हैन। त्यसअघि उनले एक दुजेके लिए, मानव हत्या, आजकी आवाज, अलबेलाजस्ता फिल्ममा अभिनय गरेका थिए।

सन् २०१२ मा रिलिज भएको बलिउड फिल्म बर्फीमा नेपाली कलाकार भोलाराज सापकोटा देखिए। रणवीर कपुरलाई बोल्न नसक्ने पात्रका रुपमा अभिनय गराइएको चलचित्रले निकै तारिफ बटुलेको थियो। बलिउडमा रणवीरको तारिफ भए पनि कलिउडमा भने भोला सो फिल्मको महत्वपूर्ण हिस्साको रुपमा देख्दा नेपाली रंगकर्मी उत्साहित बनेका थिए।

नेपाली हास्य कलाकारका रुपमा परिचित कलाकार हुन्, विल्सनविक्रम राई। राईको परिचय अब नेपालमा मात्र सीमित रहेन। भाइ मस्ट बी क्रेजी फिल्मबाट राईले बलिउडमा डेब्यु गर्न लागेका छन्। फिल्ममा उनीसँगै साहिद कपुर, पंकज कपुर सुनील ग्रोभर ,सुनील थापा लगाएतका कलाकार छन्। बलिउड डेब्युबाट आफू उत्साहित रहेको र यसलाई निरन्तरता दिने प्रयासमा रहेको राईले बताए।

मिस नेपाल सृष्टि श्रेष्ठले पनि बलिउड फिल्म ज्याकपटको कभी जो बादल बर्से गीतमा मोडलिङ गरेकी छिन् भने अर्की नेपाली अभिनेत्री झरना बज्राचार्यले सन् २००४ मा रिलिज बलिउड फिल्म लभ इन नेपालमा अभिनय गरेकी थिइन्।


 

More form the Internet

loading...