Suvadin, Home

Cover Image

‘बुलबुल’ अमेरिकामा पनि प्रदर्शन हुने

चलचित्रका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो चलचित्रको रुपमा समावेश गरेको जानकारी दिए। महोत्सवमा मौलिक चलचित्रको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ।

काठमाडौं, २७ फागुन – चलचित्र ‘बुलबुल’ अमेरिकामा पनि प्रद्धर्शनमा आउने भएको छ। विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘बुलबुल’ ओपनिङ चलचित्रको रुपमा प्रदर्शन हुने भएको हो।

गत सालको संस्करणमा नविन सुब्बा निर्दे्शित फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ चलचित्रका रुपमा प्रदर्शन भएको थियो भने तेस्रो संस्करण आगामी जुन २८ देखि ३० तारिखसम्म मेरिल्यान्डमा हुनेछ।

चलचित्रका निर्देशक विनोद पौडेलले महोत्सव आयोजकले ‘बुलबुल’लाई पहिलो चलचित्रको रुपमा समावेश गरेको जानकारी दिए। महोत्सवमा मौलिक चलचित्रको प्रदर्शनसँगै नेपाली फिल्मका पात्र र प्रवृत्तिमाथि पनि चर्चा गरिँदै आएको छ।

रिलिजको दिनदेखि नै हलिउड, बलिउड र नेपालकै पनि ठूला स्टार अभिनित चलचित्रको चपेटामा परेको चलचित्र चौथो हप्तासम्म पनि प्रदर्शन भईरहेको छ।

नेपाली दर्शकलाई राम्रै रिझाउन सफल चलचित्र ८० लाख लगानीमा बनेको थियो । ‘बुलबुल’ले प्रदर्शनको चौथो हप्तामा डेढ करोड ग्रस गरेको निर्माण टिमले बताएको छ। चलचित्र ‘बुलबुल’ हालै अष्ट्रेलियामा प्रदर्शनका लागि १२ लाखमा बेचिएको निर्देशक पौडेलले बताए।


 

More form the Internet

loading...