Suvadin, Home

Cover Image

भरत ताम्राकारको 'सरर मोटरमा' भिडियो गीत सार्वजनिक

एक सयभन्दा बढी गीतहरु गाइसकेका गायक ताम्राकारका गुराँस फूलझैँ फूलेकी माया..., कहाँ जाउँला बास छोडी तिम्रै दिल त मेरै घर हो...,ए दिल भुलिदेऊ उसलाई अझैँ किन याद आउँछ....जस्ता गीतहरु निकै लोकप्रीय रहेका छन्।

काठमाडौं, २१ चैत्र – आधुनिक गायक भरत ताम्राकारको स्वरमा रहेको सरर मोटरमा बोलको भिडियोगित सार्वजनिक भएको छ।

पछिल्लो समयमा चर्चामा रहेको यो गीतले यूट्युबमा राखेको १ हप्ता नपुग्दै हजारौं दर्शक कमाउन सफल भएको छ। खुस्बु भट्टराई र उमेश बाब्लीको अभिनय रहेको यस गीतमा शब्द/संगीत कृष्ण सुनार र निर्देशन हरिश विश्वकर्माको रहेको छ।

मिडियामा त्यति चर्चामा नआएपनि आधुनिक गीतसंगीतमा यूट्युबमा र विभिन्न स्टेज कार्यक्रम र महोत्सवहरुमा गायक ताम्राकारले बेजोड प्रस्तुती दिने गरेका छन्।

एक सयभन्दा बढी गीतहरु गाइसकेका गायक ताम्राकारका गुराँस फूलझैँ फूलेकी माया..., कहाँ जाउँला बास छोडी तिम्रै दिल त मेरै घर हो...,ए दिल भुलिदेऊ उसलाई अझैँ किन याद आउँछ....जस्ता गीतहरु निकै लोकप्रीय रहेका छन्।

 


 

More form the Internet

loading...