Suvadin, Home

बुटवल गुञ्जियो नेपथ्यसँग

‘एकताको लागि संगीत’ नारासहित लोक रक ब्याण्ड नेपथ्यले अभियान नेपाल चाइल्ड होमको सहयोगार्थ बुटवलमा लाइभ कन्सर्ट गरेको छ। ‘सुन्दर शान्त नेपाल र शान्तिको लागि शिक्षा’ नामक सांगीतिक अभियान सञ्चालन गरेको नेपथ्यले यो पटक एस नेपाल नामक संस्थाको आयोजनामा व्यावसायिक प्रयोजनको लागि सांगीतिक प्रस्तुति गरेको हो।
कन्सर्टमा प्रस्तुति दिँदै गायक अमृत गुरूङ।

विकास पराजुली बुटवल, फागुन १५ - ‘एकताको लागि संगीत’ नारासहित लोक रक ब्याण्ड नेपथ्यले अभियान नेपाल चाइल्ड होमको सहयोगार्थ बुटवलमा लाइभ कन्सर्ट गरेको छ। ‘सुन्दर शान्त नेपाल र शान्तिको लागि शिक्षा’ नामक सांगीतिक अभियान सञ्चालन गरेको नेपथ्यले यो पटक एस नेपाल नामक संस्थाको आयोजनामा व्यावसायिक प्रयोजनको लागि सांगीतिक प्रस्तुति गरेको हो।

यानीमायाँ, बटौलीको बजारमा यानीमायाँ गीत गाउँदै ठिक साढे ६ बजे कालिका माविको खेलमैदानमा निर्मित स्टेज चढेका गायक अमृत गुरुङले साढे दुई घन्टाको अवधिमा दुई दर्जनजति गीत प्रस्तुत गरे।

तत्कालीन नेकपा माओवादी र सत्तापक्षको द्वन्द्वको घाउको आहालमा मुलुक डुबेको बेला सांगीतिक माहोलमार्फत ‘सुन्दर शान्त नेपाल’ बनाउने देशव्यापी अभियान सुरू गरेको नेपथ्य संगीतप्रेमीबीच लोकप्रिय छ। बुटवलका झन्डै ६ हजार दर्शकहरूले खचाखच भरिएको कालिकाको प्राङगण नौ बजेसम्म नेपथ्यसँगै झुमेको थियो।

प्रस्तुतिका बीचबीचमा नेपाली जनता, समाज र राज्यको बारेमा चिन्ता गरिएका र सुन्दर नेपाल बनाउन सबैलाई गोलबद्ध गर्ने भावका अभिव्यक्ति दिने रक स्टार अमृतले प्रकृतिप्रेमी र देशप्रेमी गीतहरु गुञ्ज्याएका थिए। अमृतलाई किबोर्डमा सुरज, ड्रम सेटमा धु्रव, गितारमा निरज, बेस गितारमा सुविन र मादलमा शान्तिले साथ दिएका थिए ।

आयोजक सन्तोष टण्डनले यो कन्सर्टबाट बचेको रकम अभियान नेपाल चाइल्ड होमको सहयोगार्थ प्रदान गरिने जानकारी दिए।

 


 

More form the Internet

loading...