Suvadin, Home

Cover Image

हङकङको आत्मीय घेरामा नेपथ्य

नेपथ्यको निम्ति हङकङ आत्मीय नाम हो। ब्याण्डका प्रशंसकहरूकै कारण टोलीले यो प्रवासी भूमिमा पटक–पटक आफूलाई प्रस्तुत तगरिरहेकै छ। त्यसबाहेक नेपथ्य उभ्याउने नजिकको आफन्त घेरा पनि टोलीले त्यहाँ भेट्ने गर्छ।
मञ्चमा प्रस्तुतिदिँदै नेपथ्य।

काठमाडाैं, फागुन २३ -  होलीकै दिन पारेर नेपथ्य फेरि एकपटक हङकङको मञ्चमा उभिने भएको छ। यो नेपालबाहिर टोलीले आफूलाई सबैभन्दा बढीटक प्रस्तुतगरेको सहर पनि हो। आगामी फागुन २९ (मार्च १२) का दिन यहाँस्थित ‘इयोन लङ अडिटोरियम’ मा ब्याण्डले नयाँ–पुराना नेपाली लोक रक गीतहरू सुनाउने छ।

उदाहरणको निम्ति हङकङमा त्यसदिन कन्सर्टको सुरुवात एउटा भर्खरै सार्वजनिक नेपथ्यको गीतबाट हुँदै छ।

‘कुरुप अनुहार हो, यहाँ कोही साथी छैन

बेरुप अनुहार हो, यहाँ कोही साथी छैन’

यो गीत प्रस्तुत भइरहँदा हङकङमै लामो समयदेखि बसोबास गर्दै आएका एक जना पुराना संगीतकर्मी पनि दर्शक घेरामा हुनेछन्। तीसको दशकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको विद्यार्थी छँदा आफूले तयार पारेको यो पुरानो गीत नेपथ्यको प्रस्तुतिमा पहिलोपटक त्यहाँ सुन्नेछन् उनै सर्जक विक्रम गुरुङले।

स्कुले समयदेखि सँगै पढ्दै र हुर्कँदै कीर्तिपुरसम्मै पुगेका तत्कालीन पोखरेली तन्नेरीहरू सरुभक्तले लेखेको र गुरुङले संगीत दिएको गीत हो यो। सरुभक्त यतिबेला नेपाल संगीत नाट्य एकेडेमीका कुलपति छन्। कुनै समय अरुण थापाका निम्ति ‘भुलुँ भुलुँ लाग्यो मलाई’ र‘आँखाको निद खोसी लाने’जस्ता गीतहरू संगीतवद्ध पारेका गुरुङले भने लामो समयदेखि हङकङलाई आफ्नो कर्मक्षेत्र बनाउँदै आएका छन्।

नेपथ्यलाई हुर्काउन सुरूदेखि स्नेहको हत्केला बढाउने पोखरेली अग्रजहरूको घेरामा गुरुङलाई ब्याण्डले स्मरण गर्दै आएको छ।

‘विक्रम दाइसँग जोडिने सुत्रका रुपमा पछिल्लोपटक उहाँकै कृति पनि थपिएको छ,’ नेपथ्यका मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘यो सिर्जना पहिलोपटक उहाँलाई उहाँकै कर्मभूमिमा सुनाउने क्षणको व्यग्र प्रतिक्षा गर्दैछु।’

गायक अमृत गुरूङ

गुरुङ मात्र होइन, नेपथ्यलाई उभ्याउने प्रारम्भिक टोलीकै एक जना मुख्य सदस्य पनि लामो समयदेखि हङकङमा बसोबास गर्दै आएका छन्। नेपथ्यलाई उसको सुरुवाती दिनदेखि सुन्दै आएका श्रोताहरूले चिन्ने त्यो नाम हो, भीम पुन।

लामो समयदेखि नेपालीहरू बसोबास गर्दै आएको हङकङमा नेपथ्यले लोकभाकासँग मिलाएर स्वदेशको हालखबर ओसार्दै आएको छ। त्यसैगरी ब्याण्डको संघर्षका बेलादेखि नै हङकङबासीबाट यसले साथ पनि पाउँदै आएको छ। यो सबले गर्दा सहरसँग ब्याण्डका थुप्रै पुराना सम्झनाहरु पनि जोडिएका छन्। यसरी हङकङको यात्रा नेपथ्यको निम्ति सांगीतिक प्रस्तुति मात्र नभएर आफन्त भेट्ने र आफ्नै समयलाई नियाल्ने क्षण पनि बन्दै आएको छ।

हङकङस्थित ‘तमु एशोसिएसन’ को निमन्त्रणामा नेपथ्य त्यसतर्फ जान लागेको हो। एशोसिएसनले आयोजना गर्न लागेको आठौं रोधी साँझको अवसर पारेर ‘नेपथ्य लाइभ इन हङकङ’ प्रस्तुत हुने यसका अध्यक्ष गणेश गुरुङ बताउँछन्।

प्रस्तुतिका निम्ति ब्याण्ड यसै साता त्यसतर्फ पुग्दैछ। स्टेजमा गायक अमृत गुरुङलाई सँधैझैँ ड्रममा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाउने छन्।


 

More form the Internet

loading...