Suvadin, Home

सुदूरपश्चिमका कलाकार राजधानी भित्रिदै 
देउडा तथा दोहोरी गायक दानी सुदूरपश्चिमको संरक्षणमा जुट्दै 

पछिल्लो समय सुदूरपश्चिमका कलाकारहरु राजधानी आउने क्रम बढेको छ। सुदूरपश्चिमबाट राजधानी आएर विभिन्न मिडिया तथा रेडिया, टेलिभिजनमा आफ्नो जीवनगाथा पोख्न भ्याईनभ्याई छन्।
गायक रामबहादुर दानीको अपि सैपाल सिर एल्बम।

काठमाडौ, असार ९–पछिल्लो समय सुदूरपश्चिमका कलाकारहरु राजधानी आउने क्रम बढेको छ। सुदूरपश्चिमबाट राजधानी आएर विभिन्न मिडिया तथा रेडिया, टेलिभिजनमा  आफ्नो जीवनगाथा पोख्न भ्याईनभ्याई छन्।

त्यसै मध्येका सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मेका देउडा तथा दोहोरी गायक रामबहादुर दानी पनि एक हुन्। सानै उमेर देखि गीत संगितमा रुची राख्ने दानी यतिबेला सुदूरपश्चिमको पहिचान बोकेको देउडा गीतको संरक्षणमा जुटेका छन्।

सुदूरपश्चिमको भेषभूषा, धर्म पर्यटकीय स्थल लगायत नौ जिल्लाको संस्कृति संरक्षणमा आफ्नो जीवन रहेसम्म लाग्ने गायक दानीले बताएका छन्। यसै वर्ष संरक्षणकै क्रममा सुदूरपश्चिमका नौ जिल्लाको भ्रमण गर्ने समेत योजना रहेका छन्।

भ्रमणका क्रममा विदेशी पर्यटकका लागि अंग्रेजी भाषामा र नेपाली भाषामा ‘बोलाउँदै छ सुन्दर सुदूर’ नामक हाते पुस्तक र नौ जिल्लाको कला संस्कृति, भेषभूषा सम्वन्धी डकुमेन्ट्री बनाउने सोचमा छन्। 

को हुन् त? रामबहादुर दानी 

बाजुरा जिल्ला बडीमालिका नगरपालिका वडा नम्वर १ पिनालेखमा २०४३ साल साउन २९ गते जन्मिएका देउडा तथा दोहोरी गायक हुन्। विस २०७१ सालदेखि आफ्नो साँगितिक यात्रा सुरु गरेका थिए। गायन क्षेत्रमा पाहिला नटेक्नु भन्दा अघि  मेला,पर्वहरु तथा स्थानीय देउडा प्रतियोगितामा सहभागिता जनाउथे। दानी बाजुराबाट प्रकाशित हुने लोकतन्त्र विहानी साप्ताहिक पत्रिका प्रकाशक पनि हुन्। 

शैक्षिक प्रगति कस्तो छ? 

पिनालेखमा रहेको जाल्पादेवी उच्च माविबाट माध्यामिक तहसम्मको अध्ययन पुरा गरी २०६० सालमा एसएलसी परीक्षामा द्धितीय श्रेणीमा उतिर्ण भएका थिए।२०६२ साल बाजुरा सदरमुकाम मार्तडी रहेको मालिका उच्च माविबाट उच्च शिक्षा हासिल गरेका थिए।

उनी साँगितिक यात्राको क्रममा भक्तपुरस्थित  सिटीईभिटीईमा सोलार सम्वन्धी प्राविधीक तह पास गरेका थिए। उनले कम्प्युटरको डिप्लो कोर्ष समेत गरेका छन्। आर्थिक अवस्थाको जोह गर्न कहाँ काम गरे? 


उच्च शिक्षा हासिल गरेपछि स्थानीय त्रिभूवन प्राविमा २०६३ देखि २०६५ सम्म शिक्षणपेशा अगालेका थिए। यति मात्रै संघर्ष गरेका थिएनन् दानीले आर्थिक अवस्था कमजोरकै कारण भारतको पिथौरागढसम्म जागिरकै खोजीमा गएका थिए। पिथौरागढमा एक वर्ष काम गरे।

पुनः घर फर्किएका थिए। सुर्खेत जिल्लाको उत्तरगंगा गाविसमा रहेको प्रभात माध्यामिक विद्यालयमा २०६९ सालमा कम्प्युटर शिक्षकको रुपमा कार्यरत रहेर अध्यापन गराका थिए। दानीले अध्यापन छोडे बाजुरामा रहेको रेडियो पौरखीमा समेत कार्यक्रम उत्पादकको रुपमा तीन वर्ष काम गरेका थिए। 


हालसम्म एल्वमको अवस्था के छ? 


लोक दोहारी गायिका टीका पुनसँग औपचारीक रुपमा आफ्नै लय  शब्द र स्वरमा “पात झरी गै कुवा” पहिलो गीत २०७१ सालमा बजारमा ल्याएका थिए। सोही वर्ष अर्को एल्बम् बजारमा ल्याएका थिए, जुन थियो सुदूरपश्चिम धनगढी मेली छैन घाँस, बुढीनन्दा छेडेदह खप्तडी पाटन’।

उनले यति मात्रै नभएर झल्का माधै चिसा लाली ओठमा कोठी, अपि सैपालका शिर, डोटी दिपायलकी सेती र फेसबुक संजाल जस्त देउडा तथा दोहोरी गीत बजारमा ल्याएका छन्। प्रदेश र देशप्रतिको मायालाई समेटेर ठाडी भाकामा ‘खाडी बग्या आसु’देउडा गीत समेत गायक दानी बजारमा ल्याउँने तयारीमा छन्।

त्यस्तै २०७३ सालको दशै र तिहारमा रेकर्ड भएको गीत भाईटीका र बडा दशैको समयमा प्रदेशमा रहेका प्रदेशीको पीडालाई समेटिएको ‘खाडी मुलुक के भर छ हे प्यारी’ र दोहोरी गीत ‘ढुँगै रैछ बैगुनी मन’ गीति एल्बम बजारमा ल्याउने तयारीमा छन्। हालसम्म एक दर्जन भन्दा बढी एल्बम् बजारमा ल्याएको गायक दानीले दावी गरेका छन्।  


 

More form the Internet

loading...