Suvadin, Home

बियोन्सेले जुम्ल्याहालाई जन्म दिइन्

अमेरिकी गायिका तथा अभिनेत्री बियोन्सेले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्। बच्चाको जन्मको तारिख, समय र लिंगबारे भने आधिकारीक जानकारी आइसकेको छैन। उनले जुम्ल्याहा बच्चालाई जन्म दिएको खबरको पुष्टि अमेरिकी मिडियाहरूले गरेका हुन्।
बियाेन्से र उनका पति जे -जेडकाे।

काठमाडौं, असार ५-अमेरिकी गायिका तथा अभिनेत्री बियोन्सेले जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन्।

बच्चाको जन्मको तारिख, समय र लिंगबारे भने आधिकारीक जानकारी आइसकेको छैन। उनले जुम्ल्याहा बच्चालाई जन्म दिएको खबरको पुष्टि अमेरिकी मिडियाहरूले गरेका हुन्।

बियोन्से र उनर्का यापर पति जे–जेडको यी जुम्ल्याहासहित अब तीन सन्तान भएका छन्। यसअघि उनीहरूकी पाँच वर्षीय एक छोरी छन्।

बियोन्सेले आफ्नो गर्भावस्थामा गरेको फोटो सुट र सेयर निकै चर्चामा आएको थियो। उनी ग्रामी अवार्डको इतिहासमा सबैभन्दा बढी नोमिनेसनमा पर्ने गायिका हुन्। उनका बुबाले समेत ट्इटर मार्फत सार्वजनिक गरेका छन् कि बियोन्सेले जुम्ल्याहा बच्चा जन्माएकी छन्। उनिहरुलाई स्वागत गरेका छन्। 
 


 

More form the Internet

loading...