Suvadin, Home

सिनेबाट मनोरञ्जन मात्रै मिल्छ, शिक्षा हाेइनः निखिल उप्रेती

नेपाली सिने जगतका लाेकप्रिय नायक निखिल उप्रेतीले चलचित्रबाट मनोरञ्जन मात्रै प्राप्त हुने बताएका छन्। चलचित्र पत्रकार संघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा एक्सन नायक उप्रेतीले चलचित्रबाट विशुद्ध मनोरञ्जन मात्रै प्राप्त हुने बताएका हुन्।
नायक निखिल उप्रेती ।

दाङ, फागुन १३ - नेपाली सिने जगतका लाेकप्रिय नायक निखिल उप्रेतीले चलचित्रबाट मनोरञ्जन मात्रै प्राप्त हुने बताएका छन्। चलचित्र पत्रकार संघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा एक्सन नायक उप्रेतीले चलचित्रबाट विशुद्ध मनोरञ्जन मात्रै प्राप्त हुने बताएका हुन्।

उप्रेतीले शिक्षा अार्जन गर्न विद्यालय जानुपर्ने बताएका छन्। कार्यक्रममा नायक उप्रेतीले प्रायः मानिसहरुबाट त्यो फिल्मबाट के शिक्षा पाइन्छ र? किन तपाईको फिल्म हेर्ने? भन्ने खालका प्रश्नहरु सोध्ने गरिएकाे उल्लेख गर्दै उप्रेतीले यसमा आफ्नो फरक मत रहेका बताएका हुन्।

उनले शिक्षा आर्जन गर्नका लागि विद्यालय जानुपर्ने उल्लेख गरेका छन्। ‘सिनेमा हलमा जानु भनेको विशुद्ध मनोरञ्जन प्राप्त गर्नका लागि मात्रै हो,' उनले भने, 'यदि कसैले फिल्म हेरेर केही शिक्षा अार्जन गर्न खाेज्छ भने त्यो मान्छे सिनेमा हलमा नभएर विद्यालय जानु उपयुक्त हुन्छ।’

त्यस्तै आजकल कलाकारहरु राजनीतिमा प्रवेश गरेको सन्दर्भमा तपाईको धारणा के छ? भन्ने प्रश्नमा उनले राजनीतिमा प्रत्यक्ष रुपमा अहिले सामेल नहुने बताए। तर, आफूले राजनीतिक घटनाक्रमलाई फिल्मको माध्यमबाट उतार्ने बताए।

त्यस्तै उनले नेपाली चलचित्रलाई माथि उठ्न नदिनका लागि आफ्नो चलचित्रलाई मल्टिप्लेक्समा लाग्न नदिने षड्यन्त्र भइरहेको गुनासो गरेका थिए। नायक उप्रेतीले मल्टिप्लेक्समा फिल्म लगाउनको लागि हिन्दी चलचित्र र थिएटरमा काम गर्ने कलाकारहरु हावी भएको बताए।

सबैले नेपाली चलचित्र क्षेत्रको सफल नायकको रुपमा आफूलाई मानिरहँदा आफ्नो फिल्म मल्टिप्लेक्समा नलाग्नु दुःखद रहेको उनले गुनासो गरेका छन्। निखिलको फिल्मलाई किन मल्टिपिलेक्स हलमा लाग्न दिइँदैन त? भन्ने प्रश्नमा उनले भने, ‘नेपाली चलचित्र उद्योगलाई बलिउडको तुलनामा कमजोर छ।'

उप्रेतीले मल्टिपिलेक्समा सधैं  बलिउड चलचित्रलाई माथि भएको देखाउन त्यस्तो चलखेल भइरहेको बताएका छन्। चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे।

चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत रहेकाे कार्यक्रममा धन्यवाद ज्ञापन सदस्य दीपक कुमालले गरेका थिए। कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए।


 

More form the Internet

loading...