Suvadin, Home
Nepal life 1.832M

पूर्व ‘मिस नेपाल’ निकिता चण्डक ‘रानी महल’बाट फिल्ममा डेब्यू गर्दै

हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म ‘रानीमहल’मा चाण्डक अनुबन्धित हुँदै फिल्मी क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्। फिल्मको लागि घोषणा भएका कलाकारले कारणबस फिल्म नखेल्ने भएपश्चात नयाँ कलाकारको खोजी भएको थियो।

काठमाडाैं वैशाख ३ – सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिता सन् २०१८ को ‘मिस नेपाल’ घोषणा भएको एक साता पनि नवित्दै पूर्व मिस नेपाल निकिता चलचित्रमा काम गर्न तयार भएकी हुन्। मिस नेपालका विजेताहरुले मध्ये उनले फिल्म क्षेत्रमा चाडैँ पाइला अगाडि बढाएकी छिन्।

हिमाल न्यौपानेको निर्देशनमा बन्न लागेको फिल्म ‘रानीमहल’मा चाण्डक अनुबन्धित हुँदै फिल्मी क्षेत्रमा प्रवेश गर्न लागेकी हुन्। फिल्मको लागि घोषणा भएका कलाकारले कारणबस फिल्म नखेल्ने भएपश्चात नयाँ कलाकारको खोजी भएको थियो।

नायिका वर्षा राउतको सट्टामा उनी छानिएकी हुन्। नायकका भूमिकामा भने प्रशान्त ताम्राकारको सट्टा अर्जुन शाही छानिएका छन्।

निकिताले समाजिक सञ्जालमा खुसी साट्दै लेखेकी छन्, ‘२०१८ को अप्रिल १५ मेरो जीवनको अविस्मरणीय दिन हो। मैले आज पहिलो फिल्म साइन गरेको छु। मैले वर्षौं पहिले देखेको सपनाले अब सार्थक रूप पाउँदैछ।’


 

More form the Internet

loading...