Suvadin, Home

Cover Image

निलअार्मस्ट्रङकाे जिवनीमा फिल्म बन्दै

 चन्द्रमामा पहिलाेपटक पाइला राख्न सफल अमेरिकी नागरिक निलअार्मस्ट्रङकाे जीवनीमा फिल्म निर्माण हुने भएकाे छ। हलिडडका चर्चित निर्देशक डेमियन चजेलले उनकाे जिवनीमा फिल्म निर्माण गर्न लागेका हुन्।
नायक र्यान गाेसलिङ।

काठमाडाैं, फागुन २७ -  चन्द्रमामा पहिलाेपटक पाइला राख्न सफल अमेरिकी नागरिक निलअार्मस्ट्रङकाे जीवनीमा फिल्म निर्माण हुने भएकाे छ। हलिडडका चर्चित निर्देशक डेमियन चजेलले उनकाे जिवनीमा फिल्म निर्माण गर्न लागेका हुन्।

फिल्म निर्माण कम्पनी युनिभर्सल स्टुडियाेले उक्त फिल्म सन् २०१८काे अक्टाेबर १२मा प्रदर्शन हुने जानकारी गराएकाे हाे। निर्देशक चजेलकाे गत वर्ष प्रदर्शनमा अाएकाे फिल्म ला ला ल्याण्डका नायक र्यान गाेसलिङलार्इ फिल्ममा अनुबन्ध गरेका छन्। फिल्ममा गाेसलिङले निलअार्मस्ट्रङकाे भूमिका निर्वाह गर्ने छन्।

फिल्म, लेखक जेम्स् अार हान्सन्ले लेखेकाे पुस्तकमाथि अाधारित हुने छ। फिल्म सन् १९६१, १९६९मा नासाले चन्द्रममा मान्छे पठाउन गरेकाे संघर्षमा केन्द्रित हुने छ। 

निर्देशक चजेलले गत वर्ष निर्देशन गरेकाे फिल्म ला ला ल्याण्डले अाेस्कार अवार्ड २०१७ मा पाँच वटा अवार्ड हासिल गर्न सफल भयाे। उक्त फिल्मका लागि चजेलले उत्कृष्ट निर्देशककाे अवार्ड पाए।

खगोलविद् निलअार्मस्ट्रङ।


 

More form the Internet

loading...