Suvadin, Home

भ्यालेन्टाइनकाे अवसरमा अमेरिकामा निमा रम्बाकाे कन्सर्ट

अमेरिकाको निकै व्यस्त सहर सिकागो यसपटकको भ्यालेन्टाइन डेमा नेपाली संगीतमा झुम्ने भएको छ। सिकागोलाई नेपाली संगीतले सिंगार्न नेपालका चर्चित युवा पप गायक निमा रुम्बा यतिबेला अमेरिका पुगेका छन्।

काठमाडौं, फागुन १- अमेरिकाको निकै व्यस्त सहर सिकागो यसपटकको भ्यालेन्टाइन डेमा नेपाली संगीतमा झुम्ने भएको छ। सिकागोलाई नेपाली संगीतले सिंगार्न नेपालका चर्चित युवा पप गायक निमा रुम्बा यतिबेला अमेरिका पुगेका छन्।

सिकागोमा बस्दै आएका नेपालीहरूको आमन्त्रणमा निमा अमेरिका पुगेका हुन्। मनोरञ्जनलाई व्यावसायिक बनाउने हिसाबले सिकागोमा बस्दै आएका नेपाली यवाहरू सुरज घिमिरे, मोहन पौडेल, विवेक बर्मा र किरण व्यंजनकारको संस्था ‘तरंग’को आथित्यमा निमा अमेरिका पुगेका हुन्।

गत महिना मुक्ति एण्ड रिभाइबल ब्याण्डलाई अमेरिका भित्र्याएको उक्त समूहले यसपटक निमालाई अमेरिका बोलाएको हो। अमेरिकाको दैनिकी निकै व्यस्त रहेको बताउँदै तरंगका अध्यक्ष सुरज घिमिरले नेपालीहरूले दैनिक व्यस्त जीवनमा मनोरञ्जन प्रदान गर्ने उद्देश्यले कन्सर्टको आयोजना गर्न लागिएको बताए।

निमाको कार्यक्रम सिकागोको अत्यन्त आकर्षक लोगन स्क्वायर अडिटोरियम हलमा आयोजना हुनेछ। निमाका आउनसँगै नाचौ, मेरि प्रयसी, पागल, कसलाई दिऊँ यो जोवनजस्ता गीतहरू लोकप्रिय छन्।
 


 

More form the Internet

loading...