Suvadin, Home

निर्माता संघको अध्यक्षमा अधिकारी निर्विरोध

अाकाश अधिकारी।

काठमाडाै, पुस १४


नेपाल चलचित्र निर्माता संघको अध्यक्षमा आकाश अधिकारी निर्विरोध निर्वाचित हुने निश्चlत भएको छ। नयाँ कार्यसमितिको लागि बुधबार अध्यक्ष पदमा अन्यको उम्मेदवारी नपरेपछि अधिकारी निर्विरोध चयन हुने पक्का भएको हो। 

बिहीबार उनको उम्मेदवारीमाथि र अन्य उमेदवारको लागि दाबी बिरोधको समय राखिएको छ। संघका वर्तमान अध्यक्ष राजकुमार राईको पहलमा अधिकांश पदमा निर्विरोध चयन गरिएको हो।

त्यस्तै, संघको लागि महासचिवमा रोज राणा, सचिवमा वर्तमान पदमा रहेका छवि ओझा र कोषाध्यक्ष पदमा  सुशील पोखरेल निर्विरोध चयन हुने भएका छन्। 

उपाध्यक्ष पदको लागि माधव वाग्ले, केशव भट्टराई र गोविन्द शाहीको उमेदवारी परेको छ। शुक्रबार हुने निर्वाचनमा दुई उपाध्यक्ष चयन हुनेछन्। 

निर्वाचन चलचित्र विकास वोर्डको हलमा हुनेछ। यस्तै, ९ सदस्य पदको लागि ११ जनाको उमेदवारी परेको नेपाल चलचित्र निर्माता संघका सचिव छविराज ओझाले बताएका छन्।

सदस्यमा उमेवारी दिनेहरूमा करिश्मा मानन्धर, रोहित अधिकारी, रौनकविक्रम कँडेल, भानुप्रताप, दीपेन्द्र के खनाल, निश्चल बस्नेत, दीपकराज गिरी, अर्जुन कुमार, चेतन सापकोटा, सुशान्त श्रेष्ठ र निकिता पौडेल छन् ।

१५ सदस्यीय कार्यसमितिको कार्यकाल अवधि तीन वर्षको रहने छ। संघमा दुई जना सदस्य भने निर्वाचित कार्यसमितिले मनोनयन गर्ने प्रावधान छ।


 

More form the Internet

loading...