Suvadin, Home

निर्देशक विवेक सापकोटाले चलचित्र ‘निसाफ’ निर्माण गर्ने

निर्देशक विवेक सापकोटाले चलचित्र ‘निसाफ’ निर्माण गर्ने भएका छन्। अपराधिक घटनामा प्रेमकथा मिसाएर चलचित्र ‘निसाफ’ बन्ने भएको हाे। चलचित्रको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन्।

काठमाडौं, माघ १८


निर्देशक विवेक सापकोटाले चलचित्र ‘निसाफ’ निर्माण गर्ने भएका छन्। अपराधिक घटनामा प्रेमकथा मिसाएर चलचित्र ‘निसाफ’ बन्ने भएको हाे। चलचित्रको लेखन पनि निर्देशक विवेक आफैले गरेका हुन्।

सुपरियर फिल्मस्को ब्यानरमा बन्ने ‘निसाफ’ एस जंग रानाले निर्माण गर्न लागेका हुन्। दिब्य सुवेदीको छायाँकन, मनोज चौलागाइको संगीत ,श्री श्रेष्ठको द्धन्द्ध र कवीराज र बब्बुको नृत्य रहने चलचित्रको बितरण रोहित रत्नले गर्नेछन्।

चलचित्रमा अनुप विक्रम शाही, सरोज खनाल, ध्रुव कोइराला, यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुति साधना सिलवाल, शिशिर भट्ट सगुन थापा, विजयजंग रायमाझी लगायत कलाकारको चलचित्रमा मुख्य भुमिका रहनेछ।

आगामी फागुन ५बाट चलचित्र छायाँकनमा जाने तयारी भइरहेको निर्देशक विवेक सापकोटाले बताए।


 

More form the Internet

loading...