Suvadin, Home

नेपाली रजतपटमा ‘फरक टेस्ट’
कसरी हिट भए निश्चल बस्नेत?

वास्तवमै सोझो र अरूले बनाइदिएको बाटोमा त जो पनि मज्जाले हिडिदिन्छ। आफैंले बाटो बनाउनु र यसैमा एकसुर यात्रा गर्नु फरक कुरा हो, पृथक कुरा हो। सबैको यसो गर्ने ल्याकत हुँदैन। कोही–कोही मात्र हुन्छन्, यस्ता क्षमतावान। तिनीहरूले नै हो, बेग्लै छबि बनाउने, समाज बदल्ने र नयाँ मानक स्थापित गर्ने। हो, त्यसै कोटिमा दरिन्छन्, निश्चल बस्नेत।
निश्चल बस्नेत।

काठमाडौं, वैशाख ९- विश्व चर्चित लेखक शिव खेडाले आफ्नो पुस्तक ‘जीत तपाइँकैं हुनेछ’मा लेखेका छन्, ‘सफल मानिसले फरक काम गर्दैन, फरक तरिकाले गर्छ।’

वास्तवमै सोझो र अरूले बनाइदिएको बाटोमा त जो पनि मज्जाले हिडिदिन्छ। आफैंले बाटो बनाउनु र यसैमा एकसुर यात्रा गर्नु फरक कुरा हो, पृथक कुरा हो। सबैको यसो गर्ने ल्याकत हुँदैन। कोही–कोही मात्र हुन्छन्, यस्ता क्षमतावान। तिनीहरूले नै हो, बेग्लै छबि बनाउने, समाज बदल्ने र नयाँ मानक स्थापित गर्ने। हो, त्यसै कोटिमा दरिन्छन्, निश्चल बस्नेत।

जसले नेपाली परम्परागत फिल्मी ढर्रालाई परिवर्तन गरिदिए। दर्शकहरुलाई हलसम्म ताने। क्युएफएक्सका पर्दामा मोहनी लाएझैं लठ्याइदिए।

निश्चललाई कुनै एउटा उपमा दिँदा अन्याय हुन्छ। उनी नेपाली चलचित्रका प्रसिद्ध निर्देशक र निर्माता त हुन् नै, त्यो भन्दा बढी यस्ता अभिनेता हुन्, जसको अभिनय निक्कै उम्दा र जीवन्त मानिन्छ। यसैकारण चलचित्र क्षेत्रका उनका समकालीन अभिनेता भन्दा उनको बेग्लै उचाई बनेको छ। निश्चलले सन् २००९ बाट चलचित्र क्षेत्रमा आफ्ना पाइला चालेका हुन्। त्यसको तीन वर्षमै उनी एकाएक चर्चामा आए, ‘लुट’मार्फत। लुटले उनको करिअरलाई यूटर्न गरिदियो। नेपाली चलचित्र जगतमा आफूलाई ‘घाघडान’ सम्झिने निर्देशक पनि आफ्नै कामको समीक्षा गर्नुपर्ने अवस्थामा आइपुगे।

अर्को चलचित्र थियो, टलकजंग भर्सेज टुल्के। द्वन्द्वको कथामा आधारित त्यतिको सशक्त अर्को चलचित्र बनेको छैन्, अहिलेसम्म। अहिले लुटको दोस्रो भाग लुट–२ को चर्चा चुलिएको छ। ‘लुट–२ को व्यापार पनि राम्रो भयो,’ नयाँ चलचित्र ‘दुई रुपैयाँ’को भर्खरै सुटिङ भ्याएका निश्चल भन्छन्।

‘दुई रुपैयाँ’को रिलिज डेट भदौं २३ मा तोकिएको छ। यो चलचित्रका निर्माता उनी आफंै हुन्, अभिनय त छुट्ने कुरै भएन। जसको अपेक्षा दर्शकले उनीबाट गरिरहेकै हुन्छन्, पनि। ‘घरमा बसेर साथीहरूसँग त्यसै चलचित्रका विषयमा केही योजना बनाइरहेको छु,’ शुक्रबार अपराह्न शुभदिनसँगको सम्पर्कमा उनले भने, ‘राम्रो बनेको छ, हेरौं दर्शक प्रतिक्रिया कस्तो आउँछ।’
 
निश्चललाई लाग्छ, कथा मौलिक भएमा नेपाली चलचित्र पनि अन्तर्राष्ट्रिय बजारमा बिक्री हुन्छ। परम्परागत ढर्रा छाडेर नेपाली चलचित्रलाई फरक स्वाद र शैलीमा पस्कन थालिएपछि उनको त्यो भनाइ सत्य साबित हुँदै गएको छ। नेपाली फिल्मको बजार क्रमशः उँधो लागिरहेको बेला लुट बनाएका निश्चलले फिल्मी बजारमा सानोतिनो क्रान्ति नै ल्याइदिए।

दर्शक त हलसम्म ओइरिए नै, उनको सिको गरेर अरु चलचित्र पनि निर्माण हुनथाले। यही हो, सकारात्मक परिवर्तन। उनको सिर्जनात्मक क्षमतालाई नेपाली चलचित्र जगतले अझैं भरपुर प्रयोग गर्न सक्छ। नयाँ विषयवस्तुमा टेकेर निर्माण भएका चलचित्रले आम्दानी पनि गतिलै गर्छन्। तर, तिनले दशर्कको मन–मुटु छुन सक्नुपर्यो। दर्शकले त्यसमा आफ्नै कथा र छायाँ देखोस्। अनि पो सफल भइन्छ। ‘लुट–२ ले पनि ८÷९ करोड कमायो,’ निश्चल भन्छन्। हुन त उनका अन्य चलचित्रको तुलनामा यो फिल्मलाई फिक्का मानेका थिए, समीक्षकहरूले। निश्चल आफैं पनि केही कुरा स्वीकार्छन्। ‘मिश्रित प्रतिक्रियाहरू आइरहेका छन्। काम गर्दैजाँदा गल्ती हुनछन्। नयाँ प्रोजेक्टमा त्यो सच्याउदै जाने हो,’ उनले सुनाए।

चलचित्रमा समाजकै कथा आउनुपर्छ। अनि त्यसमा दर्शक आफ्नै छायाँ देख्ने हुन्। निश्चल फिल्म समाजसँग जोडिनका लागि निर्देशकले चाहेर मात्रै नहुने बताउँछन्। लेखकबाटै यो कामको सुरुवात हुनुपर्छ। समय र ठाउँको कुरा गर्छौं। हरेक फिल्ममा कथामा कुन ठाउँ र कुन समयको हो उल्लेख हुनुपर्छ। यो त अनिवार्य हो भन्छन्, उनी। तर, नेपाली चलचित्रमै यस्तै गल्ती दोहोरिरहन्छन्।

उनी नेपाली फिल्मको भविष्य सुखद देख्छन्। पछिल्लो समय प्रयोग धेरै भएको र मुख्य कुरा समाजको आफ्नै कथामा फिल्म बनाउने क्रम सुरु भएको उनको ठम्याइ छ। कलाकारहरू काम नपाएर घरमै बसिरहेका बेला थुप्रै राष्ट्रिय पुरस्कार आफ्नो पोल्टामा पारिसकेका निश्चललाई भने आफ्नो फरक क्षमताकै कारण काम गर्न भ्याइनभ्याइ छ। उनको कामबाट अरुले पनि सिक्ने हो कि?


 

More form the Internet

loading...