Suvadin, Home

प्रेमजोडी वर्षा राउत र संजोग कोइरालाको विवाहको मिति जुर्यो 

उनीहरुले सोमवार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका छन्।

काठमाडौ,३० पुस – लामो समयदेखि एकअर्कालाई डेट गरिरहेका प्रेमजोडी वर्षा राउत र संजोग कोइरालाको विवाहको मिति तय भएको छ। यस वर्षको प्रेम दिवसको दिन अर्थात् फागुन २ गते उनीहरुले लगनगाँठो कस्ने भएका हुन्।

उनीहरुले सोमवार आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको मिति घोषणा गरेका छन्।यो भन्दा हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं, वर्षा र संजोगको विवाहको मिति उल्लेख गरिएको कार्डमा भनिएको छ।


 

More form the Internet

loading...