Suvadin, Home
Nepal Telecom 927.3k

ओम पुरी मृत्युले लियो फरक मोड

भारतका मसहुर अभिनेता ओम पुरीको निधनको स्पष्ट कारण अझै खुल्न सकेको छैन। शुक्रबार बिहान ६६ वर्षको उमेरमा उनको मृत्यु भएको थियो। हृदयाघातले उनको मृत्यु भएको बताइए पनि पोष्टमार्टम रिर्पोटमा भने त्यसको कारण नखुलेको हो।
अोम पुरी।

काठमाडाैं, पुस २३


भारतका मसहुर अभिनेता ओम पुरीको निधनको स्पष्ट कारण अझै खुल्न सकेको छैन। शुक्रबार बिहान ६६ वर्षको उमेरमा उनको मृत्यु भएको थियो। हृदयाघातले उनको मृत्यु भएको बताइए पनि पोष्टमार्टम रिर्पोटमा भने त्यसको कारण नखुलेको हो।

‘पोष्टमार्टम रिर्पोटमा मृत्युको कारण खुलेको छैन,’ नवभारत टाइम्सले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘ओम पुरीसँग काम गर्ने धेरै व्यक्तिहरूसँग कुरा गर्दा पारिवारीक कारणले उनी धेरै दिनदेखि तनावमा रहेको बताएका छन्।’

अघिल्लो दिन अबेर राति सम्म मदिरा सेवन गरिरहेका अभिनेता पुरीसँग दिउँसोदेखि नै रिलिज तयारीमा रहेको नया फिल्म ‘रामभजन जिन्दावाद’को टोली थियो । उनीहरूले यो स्वभाविक मृत्यु नभएर अचानक केही घटना भएको हुनसक्ने बताएका छन्। ‘आफैंलाई सम्हाल्न सकिरहेका थिएनन्। भित्तामा ठोक्किदा निधारमा समेत चोटपटक लागको थियो,’ टोलीका सदस्यलाई उद्धृत गर्दै उक्त अनलाइनले भनेको छ।

पुरीकी पत्नी सीमाले यो दु:खद घडीमा आफू केही कुरा गर्न नसक्ने र केही दिनअघि मात्र उनीसँग भेट भएको बताएकी छन्। ओशीवारास्थित पुलिस थानामा पनि उनको मृत्युको कारण ‘टाउकोमा लागेको गहिरो चोट’ भनेर भनेर उल्लेख गरिएको छ र घटनालाई बेग्लै सिराबाट पुनः अनुसन्धान गरिरहेको जनाएको छ।


 

More form the Internet

loading...