Suvadin, Home

ओस्कार अवार्डको निमय कोरोना भाइरसका कारण परिवर्तन

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण प्रतिष्ठित एकेडेमी अर्थात ओस्कार अवार्डले आफ्नो नियम परिवर्तन गरेको छ । कोरोना भाइरसको संक्रमणको गम्भीरतालाई मध्यनजर गरी नियम केही खुकुलो बनाउने निर्णय भएको एकेडेमीले जनाएको हो ।

ओस्कार अवार्ड आयोजक संस्थाको हालको नियम अनुसार कुनै अवार्डमा मनोनयनमा पर्नका लागि कुनै पनि चलचित्र लस एन्जलसको चलचित्र घरमा कम्तिमा एक हप्ता प्रदर्शन भएको हुनु पर्छ । तर अब स्ट्रिमिङ्ग प्लाट्फर्ममा मात्रै रिलिज भएका चलचित्र पनि मनोनयनमा समावेश हुन पाउने छन् ।

एकेडेमीका अध्यक्ष डेविड रुबिन तथा सिइओ डन ह्यूड्सनले मंगलबार वक्तव्य जारी गरेर कोरोना भाइरसको महामारीका कारण नियम परिवर्तन गर्न बाध्य भएको उल्लेख गरेका हुन् । तर यो परिवर्तन अस्थायी रहेको उनीहरुले स्पष्ट पारेका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण अधिकांश चलचित्रको छायाँकन तथा प्रदर्शन रोकिएको छ । संक्रमणका कारण प्रदर्शन रोकिनेमा जेम्स बण्डको नयाँ चलचित्र पनि हो ।


 

More form the Internet

loading...