Suvadin, Home
Bridge Water 124.4k

अक्षयकुमारकाे ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध

फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको ‘प्याडम्यान’ लाई दर्शकहरुले भारतमा अत्यन्तै रुचाइएका छन्। यो फिल्म प्रदर्शनका लागि पाकिस्तानको वितरकले अनुमतिका लागि पहल गरेपनि फेडेरल सेन्सर बोर्डले अस्वीकार गरेको छ।

काठमाडौं, १ फागुन – अक्षयकुमार अभिनित फिल्म ‘प्याडम्यान’ पाकिस्तानमा प्रतिबन्ध गरिएको छ। महिनावारी सम्बन्धि याे फिल्मलाई पाकिस्तानको संघीय सेन्सर बोर्डले प्रतिबन्ध गरेको हाे।

फेब्रुअरी ९ बाट प्रदर्शनमा आएको ‘प्याडम्यान’ लाई दर्शकहरुले भारतमा अत्यन्तै रुचाइएका छन्। यो फिल्म प्रदर्शनका लागि पाकिस्तानको वितरकले अनुमतिका लागि पहल गरेपनि फेडेरल सेन्सर बोर्डले अस्वीकार गरेको छ।

बोर्डका सदस्य इशक अहमेदले भने, ‘हामी हाम्रो धर्म र संस्कृति विरुद्धको फिल्महरु बिक्रेतालाई आयात गर्न दिँदैनौ।’ ‘पयाडम्यान मात्र होइन मलाई लाग्छ फिल्म पदमावतलाई पनि पाकिस्तानमा प्रदर्शनका निम्ति प्रतिबन्ध गरिनुपर्थ्याे,’ नुरले भने,– ‘यी फिल्महरुले मुस्लिम प्रति नकारात्मक सन्देश प्रवाह गरेका छन्।


 

More form the Internet

loading...