Suvadin, Home

गीत गाउनुस्, नगद एक लाख जित्नुहाेस् !

विजेता बन्नका लागि प्रतियोगीले गाएको कभर गीतकाे अडियो वा भिडियो तयार गरेर ‘पलाँस’को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न पर्नेछ। फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्नेछन्। प्राप्त कभर गीतमध्ये उत्कृष्ट पाँच जनाको चयन गरिने छ। त्यसपछि ‘पलाँस’को टिमले विजेताको घोषणा गर्नेछ। यस्तै पाँच उत्कृष्ट प्रतियाेगीले विशेष उपहार पाउने निर्माण पक्षले जनाएकाे छ।
नायिका रेखा थापा ।

काठमाडाैं, फागुन १०


नायिका रेखा थापा अभिनित चलचित्र ‘पलाँस’को एक गीतको लिरिकल भिडियो सार्वजनिक भएकाे छ। फिल्मकाे रिलिज मिति अागामी चैत्र १८ गतेलार्इ लक्षित गर्दै निर्माण पक्षले साेमबार 'हेल्प लिन सक्छाै मबाट' बाेलकाे गीत सार्वजनिक गरेकाे हाे। 

गायक सुगम पाेखरेलकाे अावाजमा रहेकाे उक्त गीतकाे निर्माण पक्षले 'कभर गीत प्रतियोगिता’ आयोजना गरेकाे छ। साेमबारबाट सुरू याे प्रतियाेगिता चैत्र १५ सम्म चलनेछ। विजेताले एक लाख नगद पुरस्कार प्राप्त गर्ने निर्माणपक्षले जनाएको छ।

विजेता बन्नका लागि प्रतियोगीले गाएको कभर गीतकाे अडियो वा भिडियो तयार गरेर ‘पलाँस’को अफिसियल फेसबुक पोजमा पोष्ट गर्न पर्नेछ। फेसबुकमा पोष्ट भएका गीतमध्ये १ लाइकको १ अंक र १ शेयरको २ अंक प्रतियोगीले प्राप्त गर्नेछन्।

प्राप्त कभर गीतमध्ये उत्कृष्ट पाँच जनाको चयन गरिने छ। त्यसपछि ‘पलाँस’को टिमले विजेताको घोषणा गर्नेछ। यस्तै पाँच उत्कृष्ट प्रतियाेगीले विशेष उपहार पाउने निर्माण पक्षले जनाएकाे छ।  

साथै,लाइक र शेयर बढाउनका लागि फेसबुक बुस्ट गर्नेलार्इ असक्षम घाेषणा गरिने छ। केपी फिल्मकाे प्रस्तुतिमा निर्मित उक्त फिल्मकाे निर्मात्री कृषा चाैलागार्इ हुन्। सुवास कोइरालाद्वारा निर्देशित याे फिल्ममा रेखासँगै, अयुव केसी, कामेश्वर चौरासियाको मुख्य भूमिकामा छन्।

 

 

 

 


 

More form the Internet

loading...