Suvadin, Home
Nepal life 2.6M

भारतीय प्रधानमन्त्री मोदी प्रियंका र निकको रिसेप्सन पार्टीमा पुगेपछि भाइरल भयो भिडियो

प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मोदीले प्रियंका र निकलाई बधाई तथा शुभकामना दिएका थिए।

दिल्ली, १९ मंसिर – बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले किस्टियन र हिन्दु परम्परा अनुसार डिसेम्बर १ र २ तारिकमा विवाह गरेका छन्। प्रियंका र निकले दिल्लीको ताज होटलमा मंगलबार अायोजना गरेको रिसेप्सन पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि उपस्थित भएका हुन्।

प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। मोदीले प्रियंका र निकलाई बधाई तथा शुभकामना दिएका थिए।

मोदीले प्रियंकाको परिवारसँग पनि भेटघाट गरेका थिए। मोदी प्रियंकाको निमन्त्रणामा पार्टीमा पुगेका हुन्। यसअघि मोदीले अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको बिहे पार्टीमा पनि उपस्थिति जनाएका थिए।


 

More form the Internet

loading...