Suvadin, Home

फागुन ९ मा अन्तर्राष्ट्रिय मातृभाषा कविता महोत्सव

नेपाल प्रज्ञा–प्रतिष्ठानले आगामी फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा कविता महोत्सव हुने भएको छ।

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आगामी फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा कविता महोत्सव हुने भएको छ।

प्रतिष्ठानले एक सूचना जारी गर्दै उक्त महोत्सवमा सहभागिता‍का लागि आग्रह गरेको छ ।  नेपाली भाषाबाहेकका मातृभाषी कविहरूले महोत्सवमा सहभागिता जनाउन सक्ने छन् । 

बढीमा १५० शब्दको कविता नेपाली अनुवादसहित कम्प्युटर टाइप गरी कविको फोटो र परिचयसहित आगामी माघ मसान्तसम्म बुझाउन प्रतिष्ठानले आग्रह गरेको छ ।


 

More form the Internet

loading...