Suvadin, Home

Cover Image

प्रणय दिवसमा अनुराधा कोइरालादेखि रुक्माङ्गत कटवालसम्मको कविता

भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसको अवसर पारेर राजधानीमा आयोजना गरिएको एक काव्य साँझमा मुलुकका चर्चित व्यक्तिहरूका मिठा कविता एकै ठाउँमा गुन्जीए ।

काठमाडौं । भ्यालेन्टाईन डे अर्थात प्रणय दिवसको अवसर पारेर राजधानीमा आयोजना गरिएको एक काव्य साँझमा मुलुकका चर्चित व्यक्तिहरूका मिठा कविता एकै ठाउँमा गुन्जीए ।

दिवसको अवसर पारेर शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले गरेको ‘आई एम अ पोएट इन लभ’ नामक काव्यात्मक साँझमा विभिन्न क्षेत्रका सफल तथा चर्चित व्यक्तित्वहरूले आफ्ना प्रेमिल कविता वाचन गरेका थिए ।

शुक्रबार मोजो बुटिक होटेल, बानेश्वरमा सम्पन्न काव्यात्मक समारोहमा अनुराधा कोइराला, रुक्माङ्गत कटवाल, डा. भिमार्जुन आचार्य, बबिता बस्नेत, प्रकाश सायमी, गौरी मल्ल, कोमल वली, आयशा शाक्य, दीपाश्री निरौला, नरेश भट्टराई, रञ्जु दर्शना, डा.सुवास आचार्य, सृष्टि केसी, श्वेता खड्का तथा किशोर घिमिरेले आफ्ना प्रेममय कविता वाचन गरेका थिए । कार्यक्रमलाई सुगरिका केसीले होस्ट पोएटका रुपमा सञ्चालन गरेकी थिइन् ।

प्रतियोगिताबाट छनौटमा परेका चितवनका युवा अनिश जैसीलेसमेत कविता वाचन गरेका थिए ।

आयोजक शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरकी प्रबन्ध निर्देशकसमेत रहेकी सुगरिका केसीले कार्यक्रमले प्रेममा हरेक मानिस कवि हुन्छन् भन्ने भावनालाई अंगीकार गरेको बताइन् ।

उनले भौतिक उपहार अस्थायी हुने तर, शब्द मार्फत व्यक्त भएका भावना सदाबहार एकनाश रहने भएकोले ‘आई एम अ पोएट इन लभ’ ले अभिव्यक्तिको एक लोकप्रिय रुप कविता र त्यसमा पनि आम मानिसमा उत्सुकता रहेको व्यक्तित्वलाई कविका रुपमा प्रस्तुत गर्ने जर्मको गरेको बताइन् ।

काव्य साँझलाई २१ ग्रुप प्रोपर्टी डिलर्स प्रा.लि, प्रेकोन सर्भिसेस्, होलिस्टिक हेल्थ र मोजो बुटिक होटेलले सहयोग गरेका थिए ।


 

More form the Internet

loading...