Suvadin, Home

पोखरामा जङ्गल महोत्सव हुने

वनजङ्गल तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यका साथ पोखरामा तेस्रो जङ्गल महोत्सव हुने भएको छ। पोखरामा पत्रकार सम्मेलन गर्दै युवाको समूह परिचय नेपालले पोखरास्थित शान्ति वनवाटिकाको जङ्गलभित्र फागुन १२ देखि २१ गतेसम्म सो महोत्सव आयोजना गरिने जानकारी गराइएको हो। महोत्सवमा दर्शकले लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पाउने छन्। साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रोबोटिक भूत घर, नेपाल र भारतका रेस्लिङ, फेसन शो तथा नाटक मञ्चन लगायतका प्रस्तुति रहने छन्। 
जङ्गल महाेत्सवकाे प्रचार सामग्री ।

पोखरा, फागुन ९ - वनजङ्गल तथा जैविक विविधता संरक्षण गर्ने उद्देश्यका साथ पोखरामा तेस्रो जङ्गल महोत्सव हुने भएको छ। पोखरामा पत्रकार सम्मेलन गर्दै युवाको समूह परिचय नेपालले पोखरास्थित शान्ति वनवाटिकाको जङ्गलभित्र फागुन १२ देखि २१ गतेसम्म सो महोत्सव आयोजना गरिने जानकारी गराइएको हो। 

महोत्सवमा दर्शकले लोपोन्मुख जाति कुसुन्डालाई भेट्ने अवसर पाउने छन्। साथै विभिन्न मनोरञ्जनात्मक प्रस्तुति रोबोटिक भूत घर, नेपाल र भारतका रेस्लिङ, फेसन शो तथा नाटक मञ्चन लगायतका प्रस्तुति रहने छन्। 

साथै महोत्सवकै अवसरमा शान्ति वनभित्र सुकेका रुखको ठाउँमा वृक्षरोपण गरी हरियाली बढाउने कार्यक्रम रहेको पनि  जानकारी गराइयो।  

संस्थाका अध्यक्ष सोभियत बस्यालका अनुसार जङ्गली जीवनशैली र जैविक विविधतासम्बन्धी अध्ययन गरिरहेका सोधकर्ताका लागिसमेत महोत्सव लाभदायक हुने छ। पचास वटा कक्ष रहने सो महोत्सवमा रु ८० लाख लागत लाग्ने अनुमान गरिएको छ। 

महोत्सवबाट रु एक करोड आम्दानी गर्ने लक्ष्य लिएका बस्यालले आम्दानीहुने रकममध्ये रु दुई लाख ५० हजार शान्ति वाटिका क्षेत्रको सडकको स्तरोन्नति र रु ५० हजार पोखरास्थित निर्माणाधीन नाटक घरमा सहयोग गर्ने तथा कुसुन्डा जातिको संरक्षण र प्रवद्र्धनका लागि  आर्थिक सहयोग छुट्याउने बताए। 

 


 

More form the Internet

loading...